जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषयक पत्रकारिता तालिम सम्पन्न

प्रेम सुनार स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पत्रकारहरुको तालिम मंगलबार बुटवलमा सम्पन्न भएको छ । युएसएड, सुआहरा दोश्रो र युनिसेफको आयोजना र नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्व्यमा दुई दिन सम्म सञ्चालि ‘ जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषायक पत्रकारिता तालिमको समापन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल सरकार , स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको आशनबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका…

बुटवल उपमहानगर नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए ।बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।…

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन भैरहेको छ। प्रदेश स्वास्थ्य तालिमकेन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोश्रो र तेश्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिईएको छ। बर्षायाम संगै मनसुन सुरु भएसंगै सर्पले टोक्ने संभाबना बढी भएकोले स्वास्थ्यकर्मिहरुलाई उक्त तालिम दिईएको छ।सर्पले टोकेका बिरामीहरुलाई उपचार गर्न सहजहोस भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी बताए। लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरु सहभागी रहेको तालिमको लुम्बिनी प्रादेशीक अस्पताल एनेस्थेसियाको नेतृत्वमा तालिम संञ्चालन भएको अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेलले बताईन। नर्सिड प्रमुख पौडेलका अनुसार अस्पतालमा सुरक्षित गर्भपतन सेवा (…

थप १०२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ३१ जना संक्रमित निको भएका छन्। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।

भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल

स्वास्थ्यसमाचार/ भेरी अस्पताल देशभरकै उत्कृष्ट केन्द्रीय अस्पताल दरिएको छ । सरकारले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ६७ अंक ल्याउँदैं भेरी अस्पताल उत्कृष्ट संघीय अस्पतालमा बन्न सफल भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा भेरी अस्पताल उत्कृष्ट भएको हो ।  मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। वीरेन्द्रबहादुर चन्दले अस्पताल सेवा सुधार, कमजोरी हटाउन भएका प्रयास र सेवा विस्तारजस्ता कारण संघीय अस्पतालहरुमा भेरी उत्कृष्ट बन्न सफल भएको बताए । ‘यो हामी सबैको टिमवर्क…

निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

काठमाडौं- कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ। निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उनमा खुसी देखिएको हो। चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ। यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई…

स्वास्थ्य राज्यमन्त्री वली प्रकरणमा छानबिन टोलीको प्रतिवेदन : लेनदेनको कारण घटना भएको निष्कर्ष

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका (५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएको छ । छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ । एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको जनाएको छ । प्रतिवेदनमा राज्यमन्त्रीजस्तो…

स्वास्थ्यमन्त्रालयद्धारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको स्वास्थ्य आपत‍्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएका छन् । अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन…

निजामती कर्मचारी संगठन लुम्बिनी अस्पताल अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाल चयन भएकी छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले शुक्रबार भएको भेलाले खनाललाई अध्यक्षमा चयन गरेको हो । भेलाले संगठनको उपाध्यक्षमा विरोध पाण्डे, सचिवमा सुशिल ढकाल, सह सचिवमा भेषराज बन्जाडे, कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको छ । त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल, कमल लामिछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताए । सम्पूर्ण निर्बाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका…