लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्धारा लिम्स बुलेटिन बिमोचन

स्वास्थ्यसमाचार /फिजिसियन चिकित्सकहरुको संस्था लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले लिम्स मेडिकल बुलेटिन बिमोचन तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम गरेको छ ।

रुपन्देही क्षेत्रमा बिरामी उपचारको क्रममा भेटिएका रोग, त्यसको निदानहरूको बारे अनुसन्धानमूलक जानकारीहरु तथा चिकित्सकहरुको लेखहरु समेटेर बुलेटिन तयार भएको बुलेटिनका प्रमुख सम्पादक डा सुभाष ज्ञवालीले वताउनु भयो ।

एक कार्यक्रमका बिच नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल, सोसाइटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेल, उपाध्यक्ष डा नन्दु पाठक, डा. हरि पन्थीले सामुहिक रुपमा बुलेटिन बिमोचन गर्नु भयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले नया र रचनात्मक कामको थालनी भएको बताउनु भयो । चिकित्सकहरु बिचमा आपसी भातृत्व र क्षमता विकासमा टेवा मिल्ने गरि समाज गठन गरि अध्ययन, अनुसन्धानमा बल पुग्ने गरि छोटो समयमा महत्वपूर्ण काम गर्न सफल भएको डा खरेलले बताउनु भयो। नया चिकित्सकहरुलाई समेत यो बुलिन मार्गदर्शन हुने आशा ब्यक्त गर्दै यसको निरन्तरताको लागी शुभकामना दिनु भयो।

कार्यक्रममा समाजका सचिव डा.सरोज थापाले एकेडेमिक बुलेटिनका रुपमा निकालिएको भन्दै भविष्यमा अनुसन्धानमूलक जर्नल प्रकाशन गर्ने लक्ष्य बोकेको वताउनु भयो।

कार्यक्रममा सोसाइटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेलले संस्था स्थापना भएर पहिलो पाइलाका रुपमा बुलेटिन प्रकाशन गर्न सफल भएको वताउनु भयो। केवल पेशागत हित र अनुसन्धानका लागि अघि बढ्ने गरि संस्थागत रुपमा एकतावद्ध भएको डा पौडेलको भनाई छ ।

बुलेटिनको स्वरुप र विषयवस्तु अन्तराष्ट्रिय जर्नल भन्दा कम नभएको दाबी गर्दै उहाँले यस क्षेत्रमा बिरामीको उपचारको क्रममा आएका समस्या र समाधानका विषयवस्तु बुलेटिनमा उठान भएको वताउनु भयो ।

सम्बन्धित शिर्षक :