गुल्मीमा कुकुर आतंक : एकै वर्षमा ७सय १० जना घाइते

स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकैदिन कुकुरले टोकेर चारजना घाइते भएका छन्। चारजनामध्ये दुईजनालाई सामान्य उपचारपश्चात घर पठाइएको र दुईजनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कुकुरको आक्रमणबाट चन्द्रकोट गाउँपालिका( ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घाइते भएका छन्। उनको बायाँ हातमा टोकेको छ। त्यस्तै, बाग्लुङ बरेङ गाउँपालिका( ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका( ३ भुल्के मामा घर बस्ने चार वर्षीया रिमा श्रीस पनि घाइते छन्। उनको पनि दायाँ हातमा टोकेको छ। खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ। त्यस्तै, सोही स्थानकै वर्ष…

कोरोनाले श्रीमान लग्यो,नागरिकता नहुँदा गुम्यो अवसर

कल्पना तिवारी/  रुपन्देहीको बुटवल उप–महानगरपालका वडा नम्बर २ पाखापानी बस्ने २९ वर्षिया मीना मुसहर ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनु भएको थियो ।“ दिनभर काम गरेर सा“झ विहानको छाक टार्ने बाध्यता ।तर कोरोना महामारीका बेला घरबाट बाहिर निस्कने अबस्था थिएन । हप्तामा एकपटक एक जना आमाको घरमा लुगा धुने काम गर्थे । कोरोना बेस्सरी हु“दा आमा पनि डराएर घरमा नआउ भन्नुभयो । कोरोनाकालमा पाएको दुख सम्झदै मीनाले सुनाउनुभयो, छोराछोरीले भोक लाग्यो भन्छन ,घरमा खानेकुरा केहि छैन । किन्न जा“उ पैसा छैन । अति दुःख भयो ।त्यहिबेला श्रीमान पनि विरामी पर्नुभयो…

नेपालमा संक्रमितको संख्या बढ्यो, कोरोनाबाट १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

मेडिकल कलेज र निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

स्वास्थ्यसमाचार सरकारले आर्थिक वर्ष २०७९/ ०८० बाट स्वास्थ्य बिमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमा अन्तर्गतको सेवा बन्द गरेका छन् । स्वास्थ्य बिमा बोर्डले देशभरका ४८ निजी अस्पतालसँग स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने सम्झौता गरेको छ । वजेट वक्तव्यमार्फत सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र बिमाअन्र्तगतको सेवा प्रदान गर्ने विषय तयारी बिनाको कार्यक्रम भएको र यसले बिमाको लक्ष्यअनुसारको कभरेज गर्न नसक्ने भन्दै बिमा बोर्डले नेपाल सरकारलाई झण्डै दुई हप्ता अघि पत्र पठाएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बताउँछन् । ‘हामीले…

नेपालमै पढेर नेपालकै सेवा गर्ने वातावरण निर्माण गरौँ :मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने वताए। लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीलेयस्तो बताएका हुन। उनले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाजालाई पनि विरामीको औषधीको रुपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गरे। उनले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नै आर्थिक संकल गर्न गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई नमूना बनाउँछौ: मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनानका लागि प्रदेश सरकारकाले कुनै पनि कार्य वाकी नराख्ने बताउनुुभएको छ । मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना भएकाले बजेटका व्यवस्था जसरी भए पनि गर्ने त्यसका लागि भएको जनशक्तिले जनताको सेवामा कुनै कन्जुवाई नगर्न आग्रह गर्नुभयो ।अब भौतिक संरचना कुनै पनि हिसावले कमी हुन नदिने प्रतिवद्धता गर्दै आगामी दिनमा सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालान गर्न निर्देशन दिर्दै त्यसका लागि सकरात्मक वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि…

लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा साउन १देखि टिकट बेड निःशुल्क

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।…

नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेशको संयोजकमा बेलवासे

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेश समिति गठन भएको छ। हालसम्म पनि प्रदेश समिति गठन नभएकोले नेपाल स्वास्थ्यकर्मी संघको बिधान २०५० (संसोधित तथा परिमार्जित २०७५)को ब्यबस्था अनुसार लुम्विनी प्रदेश समिति गठन गरिएको छ। समितिमा नमनारायण बेलवासे हरि आचार्य, जिवन राना,मोती प्रसाद पौडेल,केदारनाथ साह विद्याधर पान्डे र हिमा मरासिनी लाई नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रदेश समितिमा मनोनयन गरिएको छ। संयोजकमा नमनारायण बेलवासे लाई चयन गरिएको नेपाल स्वास्थ्यकर्मि संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे ले बताए।

साउन १ बाट कोभिड–१९ का लागि करारमा लिइएका सबै स्वास्थ्यकर्मी हटाइने

स्वास्थ्यसमाचार/ सरकारले कोभिड (१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड(१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो। कोभिड(१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड(१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने, निर्णयमा भनिएको छ। यस्तै काठमाडौं उपत्यकामा कोभिड(१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल…

लुम्बिनी प्रदेशमा अव रगत पुर्ण निशुल्क

स्वास्थ्यसमाचार /सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धीसबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरिप्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्कनिशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमारहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनिसेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो…