रुपन्देहीमा ९० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

स्वास्थ्यसमाचार/ सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो।

यता रुपन्देहीमा भने ९० हजार बालबालिका लाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ।

साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ।

 

सम्बन्धित शिर्षक :