रेडक्रस रुपन्देहीमा ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एप सुचारु

स्वास्थ्यसमाचार नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले ब्लड बैंक सफ्टवेयर तथा मोवाईल एप सञ्चालनमा ल्याएको छ ।

संचार प्रबिधिको बढ्दो प्रयोगसंगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्यायी, जवाफदेहिता, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र मोवाईल एप सञ्चालनमा ल्याईएको रेडक्रस रुपन्देहीले जनाएको छ।

रक्त सञ्चार सफ्टवयर अन्तरगत सम्पुर्ण टाडावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्तमदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित विलिङ सिस्टम र विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याव रिर्पोट, डोनर कार्ड, सर्टिफिकेट तथा नगद भौचर ईमेल मार्फत पठाउन मिल्ने सोसाईटिका कोषाध्यक्ष शुशिल गुरुङले जानकारी गराउनु भयो

त्यसैगरी रगत एक्सपाईरी अर्लाम सिस्टम, अनलाईन एक्सेस, निरिक्षण तथा नियन्त्रण हुने तथा रक्तदाताको नाम, सम्पर्क नम्बर पनि उपलब्ध हुने कोषाध्यक्ष गुरुङले वताउनु भयो।

रुपन्देहीमा सञ्चालनमा ल्याईएको सफ्टवेयर तथा मोवाईल एप नेपालमै पहिलो भएको सोसाईटिका रुपन्देही अध्यक्ष दीपक क्षेत्री न्यौपानेले वताउनु भयो । उहाले मोवाईल एपलाई थप व्यवस्थीत र परिानर्जन गर्दै लैजाने उल्लेख गर्नु भयो।

नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले सफ्टवयेर र मोवाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गरेको वताउनु भयो।

उहाले रक्त सञ्चार सेवा केन्द्र र बुटवल र भैरहवामार्फत ४५० बढी सहकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोग तथा २८ बटा पालिकाहरुसंग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरेको उल्लेख गर्नु भयोे ।पंगेनील पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गर्नु भयो ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लवका कार्यबहाक अध्यक्ष कमल रायमाझी, रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचन लगाएतले वोल्नु भएको थियो।

 

सम्बन्धित शिर्षक :