राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैतमा

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले आफ्नो पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न महासंघको छैटौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले नयाँ सदस्य बिस्तार तथा नवीकरण गर्ने कार्यलाई त्यस अघि नै सम्पन्न गर्न तथा स्थानीय, जिल्ला तथा प्रदेश तहमा महासंघको र घटक संघहरुको अधिवेशन फागुन महिना भित्रै सम्पन्न गराउने समेत निर्णय गरेको छ । यस्तै बैठकले यहि मंसिर महिनामा हुन लागेको नेपाल नर्सिङ संघको निर्वाचनमा पनि महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्धारलाई बिजयी गराउन लाग्नका…

२२ माघ देखि पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै सरकार

स्वास्थ्यसमाचार/सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोकेका हुन् । यो निर्णय संगै १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । खोप अभियान १५ दिन (६ फागुन) सम्म चल्ने छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए ।…

नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह

स्वास्थ्यसमाचार/नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताउनु भएको छ । उहाँले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेट्न आवश्यक भएको धारणा राख्नु भयो । बुटवल हस्पिटल प्रा.लिको स्थलगत अवलोकन गर्दै पुर्व मन्त्री पुनले बिमा का नाममा सरकारी अस्पतालहरूबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएको बताउनु भयो । उहाँले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिनु भयो । उहाँले बुटवलमा बिरामी आएपछि भारतीय…

लुम्बिनी प्रादेशिक अस्पतालमा ४ वर्षदेखि एमआरआई ल्याउने सपना, यस पटक पनि तुइहिने चिन्ता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ । एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही…

रजत महोत्सवमा रक्तदान ,एकै पटक १२५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिनु भयो । संघले आफनो रजत महोत्सवका अवसरमा सञ्चालन गरेको साता व्यापी कार्यक्रम अन्तर आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो । उहाँले रक्तदान जिवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख रगतको अभावको अन्त्य गर्दै जिवन वचाउन आज संकलन…

बुटवल स्वास्थ्य क्षेत्रको हव वन्दै : सभामुख तुलाराम घर्ती

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताउनु भएको छ । उहाँले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताउनु भयो । बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बताउनु भयो । नीजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताउनु भयो । उहाँले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताउनु भयो । बुटवलबाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका…

अन्तर्राष्ट्रिय योग गुरुसँग रोटरी चौतारीको ध्यान शिविर

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग गुरुको साथमा ध्यान शिविर सम्पन्न भएको छ । पथिक फाउण्डेशन शंकरनगरमा अन्तर्राष्ट्रिय योग गुरु आनन्दद्वारा ध्यान शिविरमा योग तथा मेडिटेशन गराइएको थियो । उक्त ध्यान शिविरमा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पूर्ण सदस्य रोटरीयनहरु परिवारसहित उपलस्थित भएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । अन्तर्राष्ट्रिय योग गुरु आनन्दले मेडिटेशनले आफ्नो शरीर, मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने बताए । ध्यान विधिले जीवन जिउने कला सिकाउने भन्दै उनले यसको महत्व अन्तर्राष्ट्रिय जगतले बुझिसकेको बताए । कार्यक्रममा उपस्थित…

सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक दिन १०७ बढी नेपालीको मृत्यु

स्वास्थ्यसमाचार/शहरी क्षेत्रका हरेक चोक गल्लीका चिया पसल देखि पब तथा रेष्टुरेन्टमा निर्वाध रुपमा चुरोटको धुवा उडाएका युवा तथा किशोरावस्थाका केटाकेटी देखि ग्रामिण क्षेत्रका विपन्न परिवारका सदस्य ‘प्रत्यक्ष नदेखिएको’ डरलाग्दो संक्रमणमा फसिरहेका छन् ।हो, उनीहरु धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फसिरहेका छन् । उनीहरुले आफू मात्रै होइन, धूमपान तथा सुर्तीजन्य पदार्थको प्रत्यक्ष सेवन नगर्ने आफ्ना साथी तथा परिवारका सदस्यहरुलाई समेत अप्रत्यक्ष (सेकेण्ड ह्याण्ड स्मोकिङको)माध्यमबाट रोगी बनाई रहेका छन्, मारि रहेका छन् । यहाँ कुरा हुँदैछ, सुर्तीजन्य पदार्थको । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एफसिटीसी, आरटीआई, युएनडीपी लगायतका संस्थाहरुको संयुक्त अध्ययन ‘इन्भेष्टमेन्ट केस…

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी, /अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका विरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई…

बुटवलमा बल्ल बन्यो गर्व गर्न लायक हस्पिटल–पुर्व स्वास्थ्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष माननीय भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गर्नु भएको छ । बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वाँकी रहेको भन्दै अव पुर्वाधार र उपकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र…