स्वास्थ्यसमाचार/औषधि पसलमा सिद्धार्थनगरको अनुगमनरुपन्देहीको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ ।
नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरीएको हो । अनुगमनको क्रममा अधीकास औषधी पसलहरु नगरपालिकामा नवीकरण नरोएकी पाईएको थियो ।
त्यस्ता पसलहरूलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नु पर्ने, ल्याव हरुको सफाइमा ध्यान दिनुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नु पर्ने लगायतका सुझावहरु दिइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताईन् ।उनले नगरपालिकाले निया मीत अनुगमन गर्ने र सुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताईन् ।
नगर उपप्रमुख अधिकारी, बडा नं ५ का बडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुर गुरुङ्ग, नेपाल औषधि ब्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेश चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्य फार्मेसी, बाबा फार्मा, सिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्ध एक्सरे, साही अल्ट्रासाउन्ड, शारदा अल्ट्रासाउन्ड, ओ प्याथोलोजी लगायतमा अनुगमन रेको थियो ।
अनुमनका क्रममा बिगतका तुलनामा सुधार देखिए पनि अझ धेरै सुधार गर्नुपर्ने देखिएको थियो ।
प्रतिकया दिनुहोस्