बुटवल स्वास्थ्य क्षेत्रको हव वन्दै : सभामुख तुलाराम घर्ती

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताउनु भएको छ । उहाँले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताउनु भयो ।

बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बताउनु भयो । नीजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताउनु भयो ।

उहाँले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताउनु भयो । बुटवलबाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उहाँको भनाइछ । सो अवसरमा पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसावले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नु पर्ने बताउनु भयो ।

उहाँले बुटवल हस्पिटल प्रा.लि.आएपछि विरामी हर हालतले उपचार पाउने विश्वास नागरिकमा वनाउनु पर्ने बताउनु भयो । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पूर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल वनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताउनु भयो ।

सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :