स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष माननीय भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गर्नु भएको छ ।
बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
उहाँले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वाँकी रहेको भन्दै अव पुर्वाधार र उपकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र सरकारी अस्पतालहरु प्रतिशपर्दामा उत्रिनु पर्ने बताउनु भयो । भर्खरै एक सय शैयाको अनुमति पाएको बुटवल हस्पिटल प्रा लीले बुटवल ६ चांदीवारी चोकमा सुविधा सम्पन्न भवनबाट आफ्नो सेवा शुरु गरेको छ ।
तीस भन्दा वढी कन्सल्टेन्ट चिकित्सकहरु सहित २ सय जना स्वास्थ्यकर्मी कर्मचारीहरु रहेको बुटवल हस्पिटल प्रा लि ले अधिकाशं सेवाहरु २४ घण्टा संचालन गरेको छ ।सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा बुटवललाई थप विश्वासिलो बनाउनका लागि बुटवल हस्पिटल प्रा लि को टिमले केहि नयां प्रयास गरेको भन्दै यसको स्थायित्वका लागि सकारात्मक सहयोगको अपेक्षा गर्नु भयो ।
उहाँले आफुहरु सरकारी र नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरेरै अघि बढ्न चाहेको भन्दै बुटवल हस्पिटल प्रा लि तत्काल देख्दा केहि व्यक्तिहरुको लगानी भएपनि यो बुटवलका सबै नागरिकहरूकै संस्था भएको बताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, प्रवन्धक देवेश कर्ण, बिक्रम खड्का लगायतले स्वास्थ्य क्षेत्रका वारेमा धारणा राखेका थिए ।
प्रतिकया दिनुहोस्