प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उहाँले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गर्नुभएको छ…

लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुभारम्भ

स्वास्थ्य समाचार/ यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिब डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचार समेत प्राप्त हुने वताउनु भयो।ए ग्रेडको आईसियुसहित एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा…

पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन

स्वास्थ्यसमाचार/ सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भीलगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष भित्रका बालबालिकाहरूलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिइने छ । साथै एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्रका सम्पूर्ण बालबालिकाहरूलाई १६ हप्ता ९४ महिना फरकमा दुई मात्रा दिइने जनाएको छ । यसअघि एक वर्ष भित्रका बालबालिकाहरूलाई दिइने एफ.आई.पी.भीखोप एक वर्ष भित्रका बालबालिकाहरूका लागि…

स्वास्थ्यमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालयले आफू मातहतका संघीय अस्पतालको संगठन संरचनाको प्रस्तावमा अस्पताल प्रमुख १२ औं तहको प्रमुख हुने व्यवस्था प्रस्ताव गरेको छ । ५०० शैय्याको अस्पताल संरचना प्रस्ताव बनाउन सक्रिय स्वास्थ्यका एक उच्च अधिकारीकाअनुसार प्रत्येक प्रदेशमा कम्तिमा १ वटा संघीय अस्पताल बनाउने गरी उक्त प्रस्ताव गरिएको हो । जसमा हाल सञ्चालनमा रहेकै संघीय अस्पतालहरुलाई क्षमता वृद्धि गरिने गरी प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । मन्त्रालयकाअनुसार वीर अस्पतालबाहेक प्रत्येक प्रदेशमा १/१ वटा संघीय अस्पताल हुनेछन् । ती अस्पतालको…

धनका मुहार जीवन एक भोगाइ हो :डा शम्भु खनाल

धनका मुहार जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथा वस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा । स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।अस्पतालको बातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी…

जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक जिम्मेवार निकाय को?

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय कार्यशाला एन्टिमाइक्रो (प्रतिजैविक) बुटबलमा सम्पन्न भयो।एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले प्रदेश सरकारले सचेत गराउनको लागी यो कार्यशालाको आयोजना गरेको हो। स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब डा बिकास देबकोटाको अध्यक्षतामा भएको प्रदेशस्तरीय कार्यशालामा ४ बटा कार्यपत्र प्रस्तुत गरिएको थियो।बिभिन्न बिषयमा प्रस्तुत उक्त कार्यपत्रहरु स्वास्थ्यमन्त्रालय गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्य,उपमहा निर्देशक पशुसेवा बिभाग डा बरुण कुमार शर्मा,एफएच एसका कन्टी डाईरेक्टर भगवान श्रेष्ठ र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटाले कार्यपत्र प्रस्तुत…

विश्व पक्षघात दिवसः नेपालमा पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु

स्वास्थ्यसमाचार/ विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । नेपाल पक्षघात सङ्घका…

कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

स्वास्थ्यसमाचार/ नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे। उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ। सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको…

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

स्वास्थ्य सेवा विभागद्धारा ४सय ९० नर्सको छैठौ तहमा बढुवा (सूचीसहित)

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ४सय ९० जना नर्सको स्तरवृद्धि गरको छ। स्वास्थ्य सेवा बिभागले २०७९ आषाढमा दर्ता भै पाँचौबाट छैठौ तह लगायतमा स्तरवृद्धि गरेको हो । ४९० नर्सको सरुवा (सूचीसहित)नर्सिङ स्तरवृद्धि पाँचौबाट छैटौं..