धनका मुहार जीवन एक भोगाइ हो :डा शम्भु खनाल

धनका मुहार जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथा वस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा ।

स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।अस्पतालको बातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी बातावरणको प्रभाव संलग्न सेवा प्रदायकलाई त पर्छ नै ।

के त्यसैले होला त “ डाक्टरलाई घायल आत्माहरु ” भनिएको ? स्वास्थ्य नै ठुलो धन हो भनेर सानैदेखि पढ्दै आएको कुरा । अहिले आफ्नै सामु साक्ष्यात्कार गर्न पाइन्छ । देख्न पाइन्छ । अनुभुती गर्न पाइन्छ । त्यसैले किटानका साथ भन्न सक्छु ” स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो ।
“ अस्वस्थ हुँदा धनका बिभिन्न मुहारको दर्शन गर्न सकिन्छ । धनको दयावान रुप । धनको क्रुर रुप । धनको कुटिल रुप आदि । कुनै देवनागरी लिपिकै भाषा हो ।

बुझ्न गर्हो पर्छ मलाई । त्यो नेपाली भाषा भने हैन भन्नेमा बिस्वस्त छु । । राम्ररी जान्दिन त्यो भाषा म । तर भाव भने सबै बुझ्न् सक्छु । मैलिएको कमिज र सुरुवाल लगाएको एउटा कृष्ण वर्णको दुब्लो ज्यान हल्का कुप्रिँदै दुई हातका दश अन्जुली जोडेर उभिएका छन् ठुलो आशमा । कतै उनकी जाहानलाई घर जाने बाटो खुल्छ कि भनेर ।

उनका आँखा,अवयव र सम्पूर्ण अस्तित्वले सोही कुरा जनाउँछ । त्यो बुझ्न कुनै शब्दको भाषाको जरुरी देखिन्न । १ बर्षदेखि आफ्नी जाहानको उपचारमा उनको राम्रै समय र धन खर्च भएको छ ।

निको हुने रोग लागेको हैन भन्ने कुरामा उनी बिस्वस्त भैसकेका छन् । अहिले उनी हार खाइसकेका देखिन्छन् । खर्च जुटाउन धौ धौ भएको छ उनलाई । बाढीले भएको झुप्रो घर पनि बगाइदियो कि भन्ने समाचारले घायल छन् ।

तर त्यो चित्कार र बिबशता उनको जाहानको श्वास थामिरहेको भेन्टिलेटरले सुन्दैन । न त उनका प्रेसर थाम्न प्रयोग गरिएका औषधीले बुझ्छन् । न त ति महँगा एन्टिबायटिकहरुले नै बुझ्छन् ।ति केवल चलिरहन्छन् बिकल्परहित अवस्थामा निरन्तर । धनको यो क्रुर स्वरुप ! उनलाई पछि काउन्सिलिङ गर्ने भनी अर्को ब्यक्तिलाई बोलाउँछु ” बेड न ५ ……डाक्साप ।

क्याबिन बेडको ब्यबस्था गर्दिनुहोला बाहिर सार्ने भएदेखि ।..” धेरै दिनपछिको प्रयासमा ठीक भएका बाजेलाई बाहिर वार्डमा सार्न मिल्ने भएको छ। केही दिनमा घर फर्किन्छन् । यन्टिबायटिकआदि सम्पूर्ण औषधी तथा उपचार सफल भएको उदाहरण । सबैलाई खुशीको समय । धनको यो अर्को स्वरुपको दर्शन । शायद दयावान स्वरुपको । दुःखलाई कथा बनाउन सजिलो हुन्छ ।

त्यसैले होला खुशीका कथामा धेरै शब्द नै बनाउन जानिन मैले । तर रोगसँगको संघर्षपछिको खुशी हो । दुःख पछिको सुख । निरासापछिको आशा । यो पनि एउटा सधैं देखिने कथाको मिठो स्वरुप हो । “ ……. डाक्साप ! हामीले घर लिएर जाने निर्णय गर्यौँ । प्रोसेस अगाडि बढाइदिनु .. ।“ एउटा अर्को बिरामीको आग्रह । यसको स्वरुप अलिकत रिस उठ्दो छ । धनको कुटिल स्वरुप । पैसाको समस्या छैन । मनको समस्या ।

मनमा हुने हरिको खडेरी देख्न सकिन्छ । उपचार गराउन नखोजेको प्रतित हुन्छ । बिरामी कुर्न मन नभएको र बिरामी उपचारमा खर्च धेरै हुने पीर । ठीक हुने भएमात्र उपचार गर्ने मनसाय प्रकट गर्छन् । सत प्रतिसत त कसरी भन्ने होला र म मनुश्यले ! भगवानले बनाएको शरीर त बिग्रिन्छ भने मैले पुनर्निर्माण गर्ने प्रयास गरेको शरीर बिग्रिन्न भनेर कसरी किटान गर्नु ? सकारात्मक आशाले उपचार गर्ने हो ।

आर्थिक समस्याले नै हो त भनेर केलाउँदा मनको खडेरी भेटिन्छ । अमूल्य जीवनसँग पैसा दाँजिएको अवस्था । धन गुम्ने डरले जोगाउन रचिएको कुटिल शब्दहरु प्रस्ट बुझ्न् सकिन्छ । यस्तो धनको कुटिल मुहारको दर्शन बेलाबखतमा भेटिन्छ । पूनः म धनको क्रुर स्वरुपलाई मन्थन गर्ने प्रयास गर्छु । आफ्नी जाहानलाई औधी माया गर्छन् उनी । उपचार गर्ने मन छ । तर उनी विबस छन् आफ्नो गरीबीले । म उनको बिबशता बुझ्न् सक्छु । उनको दुःख बुझ्न् सक्छु ।

उनको निरिहता बुझ्न् सक्छु । यी कथाहरुसँग हरेक दिन जुधिरहेको हुन्छु । त्यसैले शायद म अभ्यस्त भैसकेको छु । सबैको मर्म बुझ्छु । तर आफ्नो कार्यसम्पादनमा त्यस्ले असर गर्दैन । उनको नजरमा म मानवता नभएको एउटा प्राणी हुन सक्छु । एउटै दुःखलाई र कथालाई लिएर बस्न मेरो कार्यस्वरुपले दिँदैन ।

सबैजना प्रति समान कर्तब्यबोधले कार्य गर्नुपर्ने हुन्छ । अर्को बिरामी उस्तै पर्खिरहेको हुन्छ । उनी बिदावारि दिन भन्छन् । म केही बोल्न सक्दिन । कागज तयार गर्दिन्छु । जाँदाजाँदै उनले सोधेको प्रश्नको भाव यस्तो हुन्छ “ डाक्साप । के पैसा भएको भए मेरो बिरामी बाँच्ने थियो ? मान्छेले श्वास नभएकालाई बचाउन कती खर्च गर्छन् । म त श्वास फेरिरहेको बुढीलाई लैजाँदै छु ।

“ ………….. सोही प्रश्न सरकारको कानमा पुगोस् भन्ने सदिक्षा । उही धनको स्वरुपदर्शी

 

सम्बन्धित शिर्षक :