स्वास्थ्यमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालयले आफू मातहतका संघीय अस्पतालको संगठन संरचनाको प्रस्तावमा अस्पताल प्रमुख १२ औं तहको प्रमुख हुने व्यवस्था प्रस्ताव गरेको छ ।

५०० शैय्याको अस्पताल संरचना प्रस्ताव बनाउन सक्रिय स्वास्थ्यका एक उच्च अधिकारीकाअनुसार प्रत्येक प्रदेशमा कम्तिमा १ वटा संघीय अस्पताल बनाउने गरी उक्त प्रस्ताव गरिएको हो । जसमा हाल सञ्चालनमा रहेकै संघीय अस्पतालहरुलाई क्षमता वृद्धि गरिने गरी प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ ।

मन्त्रालयकाअनुसार वीर अस्पतालबाहेक प्रत्येक प्रदेशमा १/१ वटा संघीय अस्पताल हुनेछन् । ती अस्पतालको नेतृत्व १२ औं तह अतिरिक्त सचिवले नेतृत्व गर्नेछन् । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत मन्त्रालयका ३ वटा अतिरिक्त सचिव र वीर अस्पतालमा एक जना अतिरिक्त सचिव रहने व्यवस्था छ ।

अब उक्त प्रस्तावित संगठन संरचना पास भएमा थप ७ वटा संघीय अस्पतालको नेतृत्व पनि अतिरिक्त सचिवले गर्नेछन् । त्यसो हुँदा स्वास्थ्यमा अतिरिक्त सचिवको संख्या १२ पुग्नेछ ।  प्राप्त ५०० शैय्याको प्रस्तावित संगठन संरचनाअनुसार प्रदेश नं १ मा रहेको कोशी अस्पताललाई नै ५०० शैय्याको संघीय अस्पताल बनाइनेछ ।

यसैगरी, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत, लुम्बिनी प्रदेशमा भेरी अस्पताल र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल रहेका छन् ।

सरकारले यसअघि नै वीर अस्पताल ९०० शैय्याको केन्द्रीय अस्पताल बनाइसकेको छ । नयाँ संगठन संरचना प्रस्तावमा कर्णाली प्रदेशका लागि भने संघीय अस्पताल निश्चित भएको छैन् । अधिकारीहरुकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतकै अस्पताललाई विस्तार ५०० शैय्या बनाएर केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने योजना छ ।

तर, यसको अन्तिम टुंगो लागिसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई स्तरवृत्ति गरेर ५०० शैय्याको केन्द्रीय अस्पताल बनाउन प्रस्ताव गरेतापनि त्यसको टुंगो लागिसकेको छैन ।

सम्बन्धित शिर्षक :