स्वास्थ्यसमाचार/ सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भीलगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष भित्रका बालबालिकाहरूलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिइने छ । साथै एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्रका सम्पूर्ण बालबालिकाहरूलाई १६ हप्ता ९४ महिना फरकमा दुई मात्रा दिइने जनाएको छ ।
यसअघि एक वर्ष भित्रका बालबालिकाहरूलाई दिइने एफ.आई.पी.भीखोप एक वर्ष भित्रका बालबालिकाहरूका लागि ६ हप्ता र १४ हप्ता गरी दुई पटक र एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्र सम्पूर्ण बालबालिका लागि ८ हप्ताको फरकमा दुई पटक दिइने व्यवस्था थियो ।
खोप सुरक्षित भएकाले परिवर्तित नियमित खोप तालिका अनुसार आफ्ना बालबालिकालाई खोप लगाई आफ्ना बालबालिकालाई पोलिया रोग लाग्नबाट बचाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयलका अनुसार खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । सरकारले २०७५ साल साउनदेखि बालबालिकाहरूलाई पोलियोविरुद्धको खोप दिन थालेको हो ।
प्रतिकया दिनुहोस्