अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

स्वास्थ्य मन्त्रालय हाल प्रधानमन्त्री पुष्पकमल दाहाल संगै

स्वास्थ्यसमाचार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयतताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। प्रचण्ड आइतबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीसँगै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार, नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भएका छन्। यस्तै दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि…

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह

स्वास्थ्यसमाचार/ गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप ९भेरिएन्ट० देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ । मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको…

घटयो कोरोना त्रास

बुटवल /२०७७ सालमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाका कारण गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । त्यो समयमा रुपन्देहीमा अरु करिव एक दर्जन व्यक्तीमा पनि कोरोना संक्रमण देखिएको थियो । ओमसतियाँका उनी आफ्नै घरमा नै (होमआईसोलेसन) मा बस्ने निर्णय गरे । सरकारले पनि उनले निर्णय गर्नु भन्दा केही दिन मात्रै संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार उनले आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको यो निर्णय समाजले रुचाएन…

स्वास्थ्य सेवा बिभागद्धारा ९सय २८ स्वास्थ्यकर्मीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/  स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ।विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो। बढुवाको सुची हेरौ । स्वास्थ्य विभागले गर्यो ९ सय २८ कर्मचारीको स्तरवृद्धि

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि हानिकारक

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ। वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका काप्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले वताउनु भयो।पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो…

एन्टीबायोटीकको उच्च प्रयोगले यसरी खराब बनाउँछ मिर्गौलालाई

स्वास्थ्यसमाचार/ सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ । शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।…

किन अझै रोग लुकाउछन् पाठेघर खसेका महिलाहरु

बुटवल – चिकित्सकहरु भन्छन्, ‘सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्ने, गहु्रगो भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने कारणले पाठेघर खस्ने समस्या धेरै हुन्छ । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्ने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले धेरै महिलाको पाठेघर खस्छ । जसलाई ‘आङ खस्ने’ रोगका नामले चिनिन्छ ।’ पाठेघर खस्ने समस्या भएका रुपन्देहीका महिला धेरै छन् । प्रजनन स्वास्थ्यको अभावमा कतिबेला के गर्नु पर्छभन्ने जानकारी नहुदा पनि महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समयमा गर्भनिरोधक औषधीको…

रुकुम (पूर्व) अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट जन्मियो बच्चा

स्वास्थ्यसमाचार / रुकुम (पूर्व) जिल्लामा पहिलो पटक महिलाको शल्यक्रिया गरी बच्चा जन्माएकी छिन्।जिल्लाको भुमे गाउँपालिका की १८ बर्षीय महिलाको ४२ हप्ता १ दिनको बच्चा शल्यक्रिया गरी निकालिएका हो। रुकुम (पूर्व) जिल्ला अस्पतालका डा नारायण बरालका अनुसार भुमे गाउँपालिका की १८ बर्षीय महिला सुत्केरीबेथा लागेको र बच्चा नर्मलतरिकाले नजन्मिएपछि उनको शल्यक्रिया गरी बच्चा निकालिएको छ यो जिल्लाको पहिलो भएको बताए। उनले अब अस्पतालमा हाईड्रोशिल हर्निया तथा ईर्मेजेन्सी सेवा उपलब्ध हुने बताए । जिल्ला अस्पतालमा एमडी जिपी विशेषज्ञ सहित ६ जनाको टोली निकसाईम्सले उक्त अस्पतालमा पठाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार…

प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उहाँले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गर्नुभएको छ…