बुटवलमा फोहोरबाट इँटा उत्पादन, सरसफाइ अभियानमा नयाँ शुरुवात

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नयाँ पहल सुरु भएको छ। बुटवल उपमहानगरपालिका, UNDP नेपाल, Coca-Cola Foundation, वडा नं. ७ र ८ तथा सरसफाइसँग सम्बन्धित सहकारीहरूको संयुक्त आयोजनामा वडा नं. ७ शिवनगरमा फोहोर प्रशोधन गरी इँटा उत्पादन गर्ने काम सुरु भएको हो।

यस पहलले फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै वातावरण संरक्षण र स्थानीय रोजगारी दुवैमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। स्थानीय स्तरमै फोहोरलाई वर्गिकरण गरेर पुनःप्रयोग र आयआर्जनका अवसर सिर्जना गर्ने योजना अगाडि बढाइएको छ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिएको थियो। उपप्रमुख सावित्रा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तुल्सा पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिइन्। सरसफाइ सहकारीका अध्यक्ष कृष्ण कार्कीले कार्यक्रमको उद्देश्य र कार्यप्रगतिबारे जानकारी दिएका थिए।

कार्यक्रममा UNDP र Coca-Cola Company का प्रतिनिधिहरूले यस्ता पहलहरूले दिगो विकास, हरित अर्थतन्त्र र स्थानीय रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। अन्तर्राष्ट्रिय प्रतिनिधिहरूमा Jeffrey Gary Denby, Julien Chevillard, Aditya Panda र Sudip Aryalको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजीकरण UNDP का प्रदेश प्रमुख सुदिप अर्यालले गरेका थिए।

बुटवलबाट सुरु भएको यो पहलले आगामी दिनमा प्लास्टिक व्यवस्थापन, फोहोरको प्रभावकारी वर्गीकरण र आयआर्जनका नयाँ अवसर सिर्जना गर्दै दिगो फोहोर व्यवस्थापनतर्फ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :