स्वास्थ्यसमाचार बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए।उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए। उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले…
बुटवल उपमहानगरपालिका
बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुखद्धारा उद्घाटन
स्वास्थ्यसमाचार/बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए। उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्। उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा…
क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…


