महिला स्वास्थ्यमा अग्रणी बुटवल : निःशुल्क परीक्षणदेखि पोषण भत्तासम्म

स्वास्थ्यसमाचार/ महिलाहरुमा हुने संभावित जोखिम, रोग जन्य उपचारमा बुटवल उपमहानगरपालिकाले विशेष अभियान चलाएको छ । खासगरी रोगलागेर उपचार गर्न भन्दा पहिला रोग लाग्न नै नदिने गरी योजना बनाएर बुटवल उपमहानगरपालिकाले लागेको हो । महिलाहरुमा हुने संभावित जोखिमहरु क्यान्सर जन्य रोगको पहिला नै पहिचान गरी सोही अनुसार उपचार गरेर रोग लाग्नबाट जोगाउन सकिने गरी बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा स्वाथ्य जन्य क्रियाकलाप गर्दै आएको छ बुटवल उपमहानगरपालिका स्वाथ्य शाखाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धी समस्याको निःशुल्क रुपमा स्वाथ्य शिविर मुफ्त उपचार गर्दै आएको हो । बुटवल उपमहानगरपालिका…

महिलाको स्वास्थ्य सशक्तिकरणमा बुटवलको घरदैलो अभियान

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।मेडिकल उपचारको लागि स्वाथ्य संस्थामा घण्टौ लाईन लाग्नुपर्ने बाध्याता यो कार्यक्रमले अन्त्य गरेको छ । घर घर मा नै स्थानीयहरुले उपचार पाईरहेका छन् । केही समय पहिला बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे।ज्येष्ठ नागरिक बरईको लुम्बिनी…

बुटवलमा स्वाथ्य सेवाःगर्भवती महिलालाई भिडियो एक्सरे सेवा निःशुल्क

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १० सुख्खनगरक अस्मिता सिंह(नाम परिर्वतन) लामो समय देखि तल्लो पेट दुख्ने समस्याबाट प्रभावित थिईन् ।नजिकै रहेको स्वाथ्य संस्थामा समेत जान लाज लागेर उनले रोग लुकाउँदै आएकी थिईन् । तर केही समय पहिला महिला स्वाथ्य स्वयंसेविकाको बाट सल्लाह लिएपछि उनि केही समय पहिला आम्दा अस्पतालमा आयोजना भएको स्वाथ्य परिक्षण शिविरमा सहभागी भइन्, त्यहाँ उनको पाठेघरको क्यानसको पनि परिक्षण गरियो, कुनै समस्या थिएन् । उनले तल्लो पेट दुग्ने समस्या, सेतो पानी बग्ने समस्या रहेको पत्ता लाग्यो, चिकित्सकले चेक गरेर औषधी दिएपनि उनको समस्या निको भयो, यसले उनीलाई अव…

बुटवलमा डेंगु नियन्त्रणका लागि टोल प्रतिनिधिलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/ वर्षायाम सुरु भएसंगै लामखुट्टेबाट फैलेन डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनुका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो । नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु…

स्वास्थ्य, जनशक्ति र स्वरोजगारमा केन्द्रित बुटवलको नीति कार्यक्रम सार्वजनिक

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताउनुभयो । उहाँले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताउनुभयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्रामस्थलका रुपमा स्थापित गर्ने नीति लिएको बताउनुभयो । उहाँले अन्य स्थानीय तहहरुसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका…

बुटवलले आगामी बजेटमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिने

स्वास्थ्यसमाचार बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए।उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए। उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले…

बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुखद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए। उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्।   उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा…

क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…