नेपालमा कोरोना सर्नमा दोषीको ?

तेज वली/सरोज रिमाल बाँकेमाहाल कोरोना संक्रमीतको संख्यादिनप्रतिदिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र नियन्त्रणका लागिजसलिने सवैले आफ्नै तर्फबाट काम देखाउनविभिन्न सामाजिक संजाल फेसबुक, टुइटर, इन्ट्राग्राम देखि पत्रपत्रिकामाआफ्नाकामको फोटो तथा समाचार प्रत्यकदिनप्रकाशनगरि रहेका छन् । कोहीआफ्नो बौद्धिकता देखिउनहालको महामारी र मेडिकल सामाग्रीको कमीको बेलामा यो र त्यो गर्नु पर्यो भन्दै छन् ।क्वारेन्टाइन र आइसोलेसनमान्युनतमआवश्यकताका सामाग्री, औषधी र सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन कठिन रहेको देखिन्छ ।आमजनता बाट व्यक्तिगत सहयोगभइरहेको छ भने, विभिन्न संघ संस्थाबाट पनिउतिकै सहयोग भइरहेको छ । नेपालगन्जमाकोरोनापहिलो चरणमाहुदाँ बाटो घाटोमाविभिन्न थरीका सेनिटाइजर छर्नेहरु अहिले हराएका छन् ।…

२८औ विश्व स्तनपान दिवस: “स्तनपानअमृत समान बोटलपान बिष समान”

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्रआधार“भन्ने नारा का साथ यो वर्ष बिभिन्नकार्यक्रमहरु गरेर विश्व स्तनपान सप्ताहविश्व भरि मनाइदै छ । आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिकाहुने भएकाले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमाबिशेष महत्वको साथलिने गरिन्छ । शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराएशिशुलाई संभावितअकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिने भएकाले जन्मिने बित्तिकै शिशुलाई स्तनपान गराउनु नै सर्वोत्तम मानिन्छ,भने स्तनपानशिशुको मौलिकअधिकार पनि हो । विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जनाशिशु मध्ये ३ जनाशिशुलाई मात्रै एक घण्टा…

लुम्बिनी प्रादेशीक अस्पतालमा मेसु डा. राजेन्द्र खनालका ७ महिनामा ७ काम

स्वास्थ्यसमाचार /डा. राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा मेसु भएपछि ७ महिनामा उल्लेखनिय ७ काम गरेका छन । प्रदेश ५ सरकारले डा. खनाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेपछि खनालले ७ महिनामा ७ उल्लेखनिय काम गरेको बताएका छन । अस्पतालमा दोश्रो पटक मेसु भएपछि खनालले यस क्षेत्रमा सरकार अस्पतालमा नभएको डायलासिस सेवा शुरु गरेको बताए । निजी अस्पतालमा यो सेवा भएपनि सरकारी अस्पतालमा नभएकोले लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो आफुले यो सेवा शुरु गरेको बताए । दोश्रो कामको रुपमा डा. खनालले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा अघि सारेपछि…

कोरोना भाइरस परीक्षणका बिधिहरु र हाम्रो बुझाई

बलराम न्यौपाने कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या ७०,००.००० र मृत्यु हुनेको संख्या ४००,००० कटिसकेको छ । कोरोना संक्रमण शुरु भएको पाँच महनिा कटिसकेको छ। यसबाट ११६ मुलुक प्रभावित छन्। नेपालमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकमो छ । विगत २ हप्तामा मात्र यो संक्रमण ३००० जनामा देखिएको छ । यो रोगबाट नेपालमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। हाल यो रोग समुदाय स्तरमा फैलिइसकेको आशंका छ । भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको संख्या हजारौंको रहेको छ र उनीहरुबाट समुदायमा तिब्ररुपमा…

कोरोना भाईरसको अबसर र चुनौतीहरु

COVID-19 ले टेक्नोलोजी र आधुनिकीकरण बाट मानब जिबनमाआउने समस्याहरुलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने प्रतिस्पर्धा मालागेको संसार लाई राम्रै पाठ सिकाएको छ । सम्पन्न र शक्तिको होडबाजी गर्दै आफुलाई सधै माथिल्लो दर्जा मा राख्ने राष्ट्रहरुलाई COVID-19 ले बास्तविक धरातलमा लत्याएकोे छ । महामारी को लागि हाम्रो स्रोतसाधन र पुर्बतायारी पर्याप्त छैन भन्ने प्रमाणित भएको छ । स्वास्थ्य सेवा को हिसाबले आब्बल मानिएका राष्ट्रहरुनै आज सबैभन्दा ठुलो मानबक्षती व्यहोरी राखेको अवस्थामा विकासोन्मुख राष्ट्रहरुको व्यवस्थापन उनीहरुको तुलनामा अब्बल साबित भएको छ । आज को बिश्व Public Health ManagementtyfCurative Management दुवै विधामा अपूर्ण…

लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै

मन आन्तरिक इन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाका आधारमा प्रभावित हुन्छ । भावना, चाहना, स्वभाव, अनुभव, आवश्यकताको अनुभूति, विश्वास, संवेगात्मक अवस्थाको सयुँक्त रुप मन हो । मन कच्चा पदार्थजस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ ।यसर्थ मन राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्छ। समाजमा रहेर पनि असामाजिक तरिकाले जिवन आपनभईरहेको बेला संसारनै कोरोनाको त्रासले ग्रसित छ। कोरोना यसरी फैलिएको छ कि नियन्त्रणका हर कसरतहरु लाई हाम्मे हाम्मे परिरहेको छ। रोग नियन्त्रइकै लागि सरकारले लकडाउन जस्तो जटिल कदम चाल्न बाध्य भएको छ। तमाम जनजिवनले पनि सरकारको सो कदमलाई आत्मसाथ गरेका…

क्वारेन्टिनको इतिहास: कोरोना महामारिमा आवश्यक्ता र अवस्था

वर्तमान पुस्ताले शताब्दीकै एक ठुलो महामारी कोभिड १९ भागिरहेके छ। आजभोलि आम सर्वसाधरणहरुको मुखमा क्वारेन्टिन, आइसोलेसन, फिजिकल डिस्टान्सि जस्ता जनस्वास्थ्यका  शब्दहरु झुण्डिएका छन। क्वारेन्टिन शब्दको प्रयोग र अभ्यास १४औ शताब्दीमा प्लेगको महामारीबाट शुरु भएको देखिन्छ । प्लेगको संक्रमित ठाउँबाट भेनिसमा आउने जहाजहरु ४० दिन छुट्टै राख्ने व्यवश्था थियो। क्वारेन्टिन शब्द इटालियन क्वारान्टाबाट आएको हो, जस्को अर्थ ४० दिन हुन्छ । साधारणतया क्वारेन्टिन भनेको सरुवा रोगको महामारि भएको देश,क्षेत्र,ठाउँ र ब्यतिको सम्पर्कमा आएको मानिस तर रोग लागेको छ वा छैनभन्ने कुनै मेडिकल प्रमाण नभएको अवश्थामा निश्चित अवधि सम्म समुदायको जनसम्पर्कमा आउनबाट…

आबश्यकता अनुसार COVID-19 व्यवस्थापनको Modalityमा परिवर्तन गर्नुपर्छ

भुपराज ढकाल -COVID-19 को बिश्वब्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन I चिनको बुहान सहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिका जस्ता सक्ति केन्द्रित राष्ट्रहरुलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रहरुमा संक्रमणको केन्द्र को रुपमा विकास हुदै गएको छ Iबिश्व भर करिब ६३ लाख संक्रमण र करिब करिब४ लाख को मृत्यु भएको अवस्था छ I COVID-19 शुरुवात भएको रास्ट्र चिन र हाल COVID-19 केन्द्रको रुपमा स्थापित हुदै गएको भारत संग सिमाना जोडिएको नेपाल उच्च जोखिममा रहेको छ I नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहेजस्तै COVID-19 नेपालमा फैलिनमा भारत प्रमुख…

पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

राम बहादुर खड्का/डा. रुपेन्द्र श्रेष्ठ विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले निम्त्याउने रोग “कोभिड–१९” विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी,सरकारी अधिकारीहरु र अनुसन्धानकर्ता लाई तहसनहस बनाइरहेको छ । हालको अवस्थामा हेर्ने हो भने विश्वभरिका प्रायः सबै राष्ट्रहरु संक्रमित भएको पाइन्छ । यो भाइरसको संक्रमण भए-नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको “पि.सी.आर.विधि” ले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्याकं छुट्टाउन गाह्रो भइरहे को छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरै भन्दा…

कोरोनाबाट मुक्ति पाउन सरकारलाई केही सुझावहरु

कृष्ण पराजुली कोरोना संक्रमणको दर दिनुहुँ बढीरहेको छ। विदेशबाट समेत नेपालीहरु आफ्नै मुलुकमा प्रवेश पाउँ भनेर दवाव दिईरहेको अवस्था छ। यसै सिलसिलामा सर्वोच्च अदालतको फैसलाले पनि सरकारका नाउँमा नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने उपयुक्त व्यवस्था मिलाउनू भन्ने आदेश जारी गरेको अवस्था छ। विदेशबाट नेपाली नागरिकहरु ल्याएर राख्ने क्वारेन्टाईन निर्माण गर्न सक्ने अवस्था पनि छैन। सरकारसँग रहेका अस्पतालहरुको पूर्वाधारको अवस्था सामान्य छ। नीजि अस्पताल मुकदर्शक बनेर बसिरहेका छन। यस सन्दर्भमा सरकारले अव कसरी कोरोनाबाट नेपाली नागरिकलाई जोगाउने भन्ने हम्मे हम्मे परिरहेको सन्दर्भमा देहाय बमोजिमका सुझावहरु प्रस्तुत गरिएको छ। नेपालको वर्तमान संविधानको धारा…