सबै मिली क्षयरोगको अन्त्य गरौं

कपिल गौतम क्षयरोग रोक्न एकजुट हुनुछ अन्त्य गर्ने लक्ष्यलाई छुनुछ । कहाँ छन् ती क्षयरोगी खोजौ है के के छन् त विकल्प रोजौ है । लामो समय खोकी लाउनु, खानमा अरुची मन्द ज्वरो पसिना आउनु, बेलुकी बेलुकी । शरीरको तौल घटे या दुब्लाउँदै गए के भाको होला भनी मान्नुपर्छ भय । छाती दुख्नु खकारमा रगत पनि आउनु बिना ढिलाइ पर्छ है स्वास्थ्यसंस्था धाउनु । पायक पर्ने जाउँ स्वास्थ्यसंस्थामा निको हुन्न यसै घर बस्दामा । शंका गरौ, खकार जँचाऔं आफू बाचौ, अरुलाई बचाऔं । धनी गरीब जोसुकैलाई लाग्छ क्षयरोग उपचारबाट निको…

मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने डा खनाल

आशाका किरणहरु फैलिएको देख्छु,ओइलाएका फूलहरु फक्रीएको देख्छु मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने। आफू कोभिडबाट सिकिस्त हुंदा जन्मिएका शब्दहरुबाट सिर्जित गीतको केही अंशहरु हुन, जो संगीत बनेर श्रब्य दृश्य(music video) मार्फत यू ट्यूबबाट euta manchhe nai hu ma शिर्षकबाट प्रसारण भैसकेको छ। आज संक्रमण भएको ४ महिना बितेपछि अबको संक्रमणबाट बच्न स्वास्थ्य बैज्ञानिक हरुले अहोरात्र खटेर बिकास गरेका, मित्र राष्ट्र भारतबाट नेपाली जनतालाई प्राप्त कोभिड विरुद्धको भ्याक्सिन Covishield को पहिलो डोज लुम्बिनी प्रादेशिक अस्पतालको खोपकेन्द्रबाट पहिलो सेवाग्राही भएर लिइयो। शुरुमै खोप लिने पहिलो भायल खोल्दा पुग्ने १० जनाको…

कोभिड19 कोरोना भाईरस संक्रमण र मेरो भोगाई – नन्दराम पौडेल

पेशाले म एक स्वास्थ्यकर्मी कोभिड संक्रमण नियन्त्रणको लागि अग्र पंक्तिमा रहेर काम गर्नुपर्ने जिम्मेवारी मेरो काँँधमा थियो । यसै अनुसार शुरु देखिनै यस रोगको रोकथाम नियन्त्रणको साथसाथै जनताको आधारभुत स्वास्थ्य सेवा पाउनुपर्ने हकलाई सुनिश्चित गर्दै नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएँँ , शुरुको लकडाउनको समयमा स्वास्थ्यकर्मि भएकै कारण कोरोना बाहकको रूपमा समाजले गरेको ब्यवहार , ससस्त्र द्वन्दको अवस्थामा गरिने बन्दमा जस्तै लकडाउनको बेलामा सेवा प्रवाहको लागि जाने आउने क्रममा बाटोमा भएको अवरोधको सामना गर्दै निरन्तर सेवामा खटिरहे । यस अवधिमा कहिले क्वारेन्टाइन, कहिले आइसोलेसन, कहिले नियमित स्वास्थ्य सेवाको काममा खटिरहे,…

कोरोना भाईरस के हो? किन मास्क अनिवार्य लगाउनुपर्छ?

कोरोना केहि होईन कडा रूघाखोकी जस्तै हो, सामान्य हो, मास्क लगाएर केहि हुदैन, जाँच गरायो भने धेरैलाई कोरोना देखिन्छ, तातो पानी खायो भने ठिक भै हाल्छ, मानिसलाई कोरोना लाग्यो भनेर डर देखाउने मात्र हो, यस्ता कोरोना सँग डराउनु हुदैन, लक्षण देखिएकाहरूले परीक्षण नगराई भीडभाडमा खुलमखुल्ला हिड्ने, चेकजाँच नगराउने, चिसोतातोको समयमा रूघाखाकी लागि हाल्छ नी भनेर ब्यापक रूपमा भ्रम फैलाई रहेको पाईन्छ । हाटबजार, भिडभाडस्थल जस्ता क्षेत्रमा मास्क नलगार्इ मानिसहरू मनपरि हिडिरहेको देखिन्छ । महामारीलाई पुरा वेवास्ता गरेको देखिन्छ । अलि समस्या परेमा सरकारले केहि गरेन भनेर सरकारलाई दोष दिनेहरू पनि…

कोरोना भयले हैन सजकताले जितिन्छ !

मनमा भय बोकेर कोरोनाले जय गर्दैन सजकताले कोरोना जितिन्छ सतर्कताले कोरोना जितिन्छ । कोरोना कहर बोकेर भोलीको रहर(सपना) पूरा हुँदैन सावधानीले कोरोना जितिन्छ होसियारीले कोरोना जितिन्छ । कोरोना कुनै पाप हैन सामाजिक वहिस्कार हुनुहुँदैन कोरोना सकारात्मक सोंचले जितिन्छ कोरोना रोगप्रतिरोधी खानपिनले जितिन्छ । सुख्खा खोकी र उच्च ज्वरो संगै श्वासप्रस्वासमा जटिलता संभावित लक्षण यी हुन कोरोनाका यस्तो बेला जानु चिकित्सक कहाँ । संक्रमितले हाछ्यु गर्दा या खोक्दा किटाणु फैलिनसक्छन कोरोनाका यसबाट बच्न गरौं अनिवार्य मास्क लगाउने नगरौं खालीहातले आँखा, नाक, मुख छुने । कोरोना आफैमा जटिल हैन हाम्रो सोंचले जटिलता…

कोभिड-१९ : नेपालका लागी थप चूनौतीपूर्ण बन्दै !

“नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरुमध्ये करिब एक-तिहाइ (३२%)मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकीमा कोरोना परीक्षण पोजेटिभ देखिएता पनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ “ *********************************** सन् २०१९ को डिसेम्वर अन्त्यतिर चीनको हुआवे प्रान्तको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । यो रोग बिस्तारै चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण पहिचान हुन सकेन र उपचार गर्दा सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो  यो रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै…

कोरोना रोकथाममा सरकार र नागरिकको दायित्व

बिश्वभर बिगत १० महिना देखि कोभिड-१९ संक्रमणका प्रभावका कारण हरेक क्षेत्रलाई त्रसित बनाईरहेको छ। बिश्व प्रभावीत भैरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो रहन सकेको छैन। त्यसबाट अलग हुनका लागि सरकारी तवरबाट र अग्रपंक्तिका कार्यकर्ता सुरक्षाकर्मी/स्वास्थ्यकर्मी लगायत सबैको तहबाट अनेकन प्रयत्न गर्दा पनि न्यूनीकरण र ब्यवस्थापन गर्न निकै हम्मे हम्मे परिरहेको अवस्था छ। विश्वका शक्तिशाली रास्ट्र देखि बिकासोन्मुख रुपमा रहेका सबै किसिमका मुलुकहरुको भिड-१९ को संक्रमणका कारण राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, औधोगिक लगायत समग्र क्षेत्रमै कल्पना गरेको भन्दा धेरै संकटको अवस्थामा पुगिरहेको छन। विश्वका हरेक देशमा यसले हुने खानेदेखि…

हामी(चिकित्साकर्मी)माथी खनिनेहरुप्रति समर्पित !

सक्ने जतिको समाजमा भ्रम फैलाउदै जाऊ सके जतिको समाजलाई भड्काउंदै जाऊ।। जीवन बचाउन अहोरात्र खटिएका चिकित्साकर्मी माथी प्रहार गर्दै जाऊ।। तिरष्कार-बहिष्कार जे गर्न सकिन्छ, गर्दै जाऊ ।। तिमी स्वास्थ्यको बिज्ञता भन्दा माथी छौ तिम्रो ब्यवहारले देखाइसक्यो । तिम्रो हामी प्रतिको प्रहारलाई हामीले नबुझेको कहाँ हो र तर त्यस्को उचित जवाफ दिन हामीसंग समय छैन ।। एक एक निमेषको यहाँ महत्व छ तीस सेकेन्डको समय काफी हुन्छ जीवन मरणको वारपार हुन तिमीलाई कसरी बुझाउँ। किनभने तिमीले आफुलाई ।। सुपरबिज्ञ घोषणा गरिसक्यौ । तिमीले भ्रम बेच्यौ प्राबिधिकहरु तिम्रा ज्यामी हुन् उनिहरुको ईमान…

फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ

डा लुना भट्ट, भाइरोलोजिष्ट/ कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै समय भीडभाडमा बस्न हुँदैन।जतिखेर पनि साबुन पानी उपलब्ध नहुने भएकाले स्यानिटाइजर गोजीमा राखेर हिँड्नुपर्छ। पैसा वा अन्य सामान चलाउँदा स्यानिटाइजर दल्नुपर्छ। कहीँ पनि बस्दा स्यानिटाइजर भएको टिस्यु पेपरले पुछेर बस्नुपर्छ। भीडभाडमा बसेर…