बिश्वभर बिगत १० महिना देखि कोभिड-१९ संक्रमणका प्रभावका कारण हरेक क्षेत्रलाई त्रसित बनाईरहेको छ। बिश्व प्रभावीत भैरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो रहन सकेको छैन।
त्यसबाट अलग हुनका लागि सरकारी तवरबाट र अग्रपंक्तिका कार्यकर्ता सुरक्षाकर्मी/स्वास्थ्यकर्मी लगायत सबैको तहबाट अनेकन प्रयत्न गर्दा पनि न्यूनीकरण र ब्यवस्थापन गर्न निकै हम्मे हम्मे परिरहेको अवस्था छ। विश्वका शक्तिशाली रास्ट्र देखि बिकासोन्मुख रुपमा रहेका सबै किसिमका मुलुकहरुको भिड-१९ को संक्रमणका कारण राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, औधोगिक लगायत समग्र क्षेत्रमै कल्पना गरेको भन्दा धेरै संकटको अवस्थामा पुगिरहेको छन।
विश्वका हरेक देशमा यसले हुने खानेदेखि श्रमिक तथा निम्न बर्गिय नागरिकसम्म प्रत्यक्ष रुपमा र आम जनमानसमा दीर्घकालीन रुपमा मानसिक र मनो सामाजिक असर हुने गरि ठूलो असर पुर्याईरहेको छ। विश्वका सबै राष्ट्रमा स्वाथ्यको क्षेत्रमा प्रत्यक्ष रुपमा असर पुर्याउदै ठूलो मानविय क्षति भैइरहेको अवस्था बिधमान छ। नेपाल समेत यसको प्रभावबाट अलग हुन सकिरहेको छैन। नेपालको अवस्थालाई गहिरेर कोभीडका बारेमा अध्ययन गर्ने हो भने संक्रमणको दर एकबाट शुरु भई पैतिस हजारको हाराहारीमा पुग्न लागेको देखिन्छ।
मृत्यु पनि दैनिक क्रमिक रुपमा बढ्दै गएर १ सय ७५ पुगिसकेको अवस्था छ। यो क्रम दैनिक बढ्दो रुपमा अघि बढ्दै छ। नेपालको बारेमा कोरोनालाई अझ गहिरिएर अध्ययन गर्दै गर्दा यस्ले थुप्रै चुनौतिहरु देखा पार्न सक्छ।कोरोना महामारी नियन्त्रणका लागि धेरै समस्या उल्झनहरु रहेता पनि मुख्यतया नेपालमा तीन मुख्य चुनौती रहेको देखिन्छ।
सरकारको सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानब व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती र केहि अवसर समेत रहेको पाईन्छ। नेपालमा अहिले सङ्घीयता लागु भै सुरुवाती कार्यान्वयनमा छ। यहाँ तीन तहका सरकार छन्, यी सरकारबीच तादम्यता हुदै उचित सहकार्य र समन्वय एकदमै महत्त्वपूर्ण हुन्छ ।
महामारीमा केन्द्रीय सरकारले मात्र सबै भूमिका खेल्न सक्दैन। प्रदेश सरकार र मातहतका निकाय मार्फत स्थानिय गाउँपालिका/नगरपालिकाको सहयोगमा स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको पहिचान तथा उनीहरुको सम्बन्ध गहिरो ढंगले केलाएर केस इन्भेस्टिगेसन् र कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्छ।
तीनै तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय हुनु जरुरी छ। प्रभावकारी समन्वय र सहकार्य गर्नसकिएमा महामारी नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्नेछ । र समन्वयमा आ-आफ्नो तबरको दायित्व बहन, जिम्मेबारी निर्बाह र तदारुकता हुन नसक्दा सङ्क्रमणको समस्या पनि थपिन सक्छ ।
दोस्रो महत्त्वपूर्ण कुरा स्वास्थ्य सेवासँग सम्बन्धित छ ।
संबिधान प्रदत्त स्वास्थ्य अधिकार सुनिश्चित गर्दै पहुँच योग्य, सर्वसुलभ, उच्च गुणस्तरसेवा वर्षभरि नै उपलब्ध गरिनुपर्छ। नेपालको हाल उपलब्ध स्वास्थ्य सेवा थप सर्वसुलभ बनाउनुपर्छ भने बिध्धमान सेवाको गुणस्तर अझ सुधार हुनुपर्छ । कोरोना महामारी नियन्त्रणका लागि हरेक तह र स्थानमा पर्याप्त स्वास्थ्यकर्मीको ब्यवस्थापन सुबिधा र अस्पताल छन् कि छैनन् त्यो महत्त्वपूर्ण हुन्छ। यसको तयारी सरकारी, निजि र गैरसरकारी क्षेत्रबाट समेत सहयोगात्मक सबै मिलेर तत्कालै थप बढावा हुने गरि गर्नुपदर्छ ।
सरकारले अहिले कोरोना महामारी नियन्त्रण र ब्यबस्थापनमा उल्लेख्य लगानी गरिरहेको छ। जस्को कारण अन्य मुलुकहरु भन्दा नेपालमा केही उपलब्धि पनि भएको छ। र पनि अझै आइसोलेसनअस्पताल/केन्द्रहरु र क्वारेन्टाइन लाईअझै बढावा दिदै उल्लेख्य मात्रामा थप्दै जानु पर्दछ, भारत लगाएत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहि लाई ब्यबस्थित होल्डिंग सेन्टर बनाई परिक्षण पश्चात सुरक्षित तबरले घरसम्म पुग्ने माहोल सिर्जना गर्नुपर्दछ, यो कार्य ठुला चाड नसकुन्जेल निरन्तरता दिनुपर्दछ ।
७७ जिल्लामा रहेको स्वास्थ्य कार्यालयलाई अझ बढी जिम्मेवार बनाइ थप सशक्त र अग्रसर गराइ नेतृत्वदायी कृयाकलापमा सहभागी हुने अबसर दिलाई जिल्ला भरका स्थानिय तह सँगको एकिकृत समन्वय र सहकार्य स्थापित गरी दिगो रुपमा प्राबिधिक सहजिकरण दिन सके अझ सहज रुपमा महामारी ब्यबस्थापन गर्न सकिन्छ ।
महामारीको बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, उमेर अवस्था पुगेका पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवा लगायतका अन्य जनस्वास्थ्यका प्राथमिकता प्राप्त सेवा तथा कार्यक्रमहरु सेवा प्रभावित हुन हुँदैन। यी सबैलाई नियमितता, सर्वसुलभ र पहुँचयोग्य बनाईरहनु जरुरी छ।
कोरोना रोकथामका लागि सरकारको मात्र काम गरेर, अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्रपुर्ण भर परेर यस्लाई रोकथाम/न्यूनीकरण गर्न सकिँदैन। यस्का लागि स्वय व्यक्ति व्यक्तिको व्यवहार आनिबानी समेत परिवर्तन हुनु पर्छ। विश्व स्वास्थ्य संगठन र नेपालसरकारले आह्वान गरेका बिषयलाई जनस्तरबाट समेत पुर्णरुपमा लागू समेत गरिनुपर्छ। विभिन्न स्थानमा वा कार्यकक्षमा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार/ अबहेलना गरेर कोरोनालाई रोकथाम गर्न सकिदैन।
कुनै पनि स्वास्थ्यकर्मीले बिरामिलाई उपचार नगरौ र मर्न दिनुपर्छ भन्ने बिश्व मै कहिकतै हुँदैन र हालसम्म गरेका पनि छैनन्। अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई पुर्णरुपमा साथ र समर्थन गरि उच्च मनोवलका साथमा काम गर्ने बातावरण समेत सृजना गरिनुपर्छ।
नागरिकको तर्फदेखी कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड र व्यवहार दिगो रुपमा पालना गर्दै जाने बानीको बिकास गरिनु पर्दछ । दैनिककै जसो स्वास्थ्य मंत्रालयले जारि गर्ने संदेश र निर्देशनको पूर्ण पालना गर्नु पर्दछ । अनावश्यक समाचार र अफबाहको पछि नलागी सत्य तथ्य समाचार र बिषयबस्तुमा मात्र ध्यान केन्दित गरिनुपर्दछ ।
सामाजिक संजालमा प्रबाह हुने र भैरहेका अनाधिकारिक बिषयमा ध्यान नलैजाने, दिनमा एक पटक मात्र कोभिड संक्रमणको अपडेट सुन्ने वा हेर्ने गरौ, आफु र आफ्नो परिवारको मानसिक स्वास्थ्यमा बिषेश ध्यान दिने। कोभिड-१९ जाचका लागि नमुना संकलन गरेको छ भने नतिजा सार्बजनिक नहुन्जेल अन्य बाहिरी व्यक्तिहरुसँग सम्पर्कमा नआउने, अनाबश्यक बाहेक भिडभाड नगर्ने, नजाने र संयमित भै घरमै बस्ने बानीको बिकास गर्दै जाऔ आफु बचौ र समुदाय, रास्ट्र र विश्वकै लागी हरेक नागरिकले आफ्नो कर्तब्य सम्झी सहयोग गरौ।
सरकारले के गर्यो भन्दा पनि मैले केगरे भन्ने सोंच गराऔं। जनस्वास्थ्य महामारीको अवस्थामा सकारात्मक सोंचका साथ एकताबद्ध भै सबै मिलि जुटौ, लागौं, हातेमालो गरौं । आफु बचौ र अरुलाई बचाऔ।
©पोखरेल रुपन्देहीमा ल्याव टेक्निसियनको रुपमा कार्यरत छन् ।
प्रतिकया दिनुहोस्