स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ । सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ । कर्मचारीको गुनासोमा एक९एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल…
ब्लग
अरु प्रदेश भन्दा फरक तरिकाले जाने सोचमा छौं : बराल
प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने स्वास्थ्य संस्था छन्। स्वास्थ्य संस्था भएपनि जनशक्ति छैनन्। उपचारका लागि कतिपय रुढीवादी र परम्परागत सोच कायमै छन्। यिनै चुनौतीको सामना गरी नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक अधिकार सुनिश्चित गर्न आवश्यक छ। यसकुरालाई मैले पहिलो…
सिद्धबाबा हस्पिटल को पहिलो बर्ष पुरा २० हजार भन्दा बढीको उपचार
स्वास्थ्यसमाचार सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य केन्द्र बुटवलमा खुलेको सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले आफनो एक बर्ष पुरा गरेको छ ।
स्वास्थ्यकर्मिलाई लालबाबुले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान
स्वास्थ्यसमाचार वाकेका स्वास्थ्यकर्मीहरुले समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाईभेटेर समायोजनमा भएको त्रुटीलाई सच्चाउन माग गरेका छन । हुम्लामा भएको कार्यक्रममा सहभागी भै नेपाल गञ्जआएको मौका पारेर समान्य प्रशासन मन्त्री समक्ष नेपाल गन्जका स्वास्थ्यकर्मीले समायोजनमा मर्का परेको बताए । बिभिन्न स्वास्थ्य संघ संगठन,हेल्थ असिष्टेन्ट संघ लगायतले समायोजन सच्चाउन माग गरेका छन । सबैका गुनासा सुनेपछि समान्य प्रशासन मन्त्री लालबाबु पन्डिलले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान हुने बताए । स्वास्थ्यकर्मिहरुले समायोजनमा परेको मर्का सम्बोधन नभए आन्दोलन गर्ने चेताबनी दिएको हेल्थ असिष्टेन्ट संघ नेपालगञ्जका अध्यक्ष केसब बहादुर केसीले बताए । प्रतिक्रिया दिनुहोस्
आगोले जलेकी कञ्चनको उपचारका क्रममा मृत्यु
स्वास्थ्य समाचार आगोले जलेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो । तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार…