तेज वली/सरोज रिमाल
बाँकेमाहाल कोरोना संक्रमीतको संख्यादिनप्रतिदिन बढिरहेको छ । यसको संक्रमणको दोस दिने र नियन्त्रणका लागिजसलिने सवैले आफ्नै तर्फबाट काम देखाउनविभिन्न सामाजिक संजाल फेसबुक, टुइटर, इन्ट्राग्राम देखि पत्रपत्रिकामाआफ्नाकामको फोटो तथा समाचार प्रत्यकदिनप्रकाशनगरि रहेका छन् ।
कोहीआफ्नो बौद्धिकता देखिउनहालको महामारी र मेडिकल सामाग्रीको कमीको बेलामा यो र त्यो गर्नु पर्यो भन्दै छन् ।क्वारेन्टाइन र आइसोलेसनमान्युनतमआवश्यकताका सामाग्री, औषधी र सुरक्षाका सामाग्रीहरु उपलब्ध गराउन कठिन रहेको देखिन्छ ।आमजनता बाट व्यक्तिगत सहयोगभइरहेको छ भने, विभिन्न संघ संस्थाबाट पनिउतिकै सहयोग भइरहेको छ ।
नेपालगन्जमाकोरोनापहिलो चरणमाहुदाँ बाटो घाटोमाविभिन्न थरीका सेनिटाइजर छर्नेहरु अहिले हराएका छन् । भारत बाट नेपालीहरु आउने क्रम बढेको, समुदायमाकोरोना फैलिरहेको अवस्थामाभने स्थानियनिकायलाई कोरोनापोजेटिभ भएकाको घर तथाक्वारेन्टाइनमा सेनिटाइज गर्न गाह्रो रहेको छ । हालकोरोना समुदाय स्तरमापुगिसकेको भएपनि नेपालगन्जको स्थिति हेर्नेहो भने यो शहरी क्षेत्र र विशेष गरि उच्च र मध्यम बर्गमा बढि देखिएको छ ।
यसको अर्थ पि.सि.आर परिक्षणको पहुचँअझै आमजनतातथा टोल–टोलमानपुगेको हुन सक्छ र दोस्रोमा यस लकडाउनको बखत र त्यस पश्चातपनियथासक्यजानकारी हुदाँहुदै भएको लापर्वाही नै हो ।
केहि संक्रमितहरुको सामान्य कुराकानि यस प्रकार रहेको छ ।
माक्स त लागएकै थियौ, सेवाग्राहीहरु गेटमा रोक्छ भनेर माक्स लगाउछन्, कामगर्ने बेलामामाक्स किहातमाकि च्युडोमा राख्छन्, धेरै सेवाग्राहीआउने ठाँउ हो, को बाट सर्यो थाहै भएन ।
असार मसान्तपछि हाम्रो नजिकका साथिहरु संग सानो भेटघाट थियो, सामान्यखानपिनभयो त्यसको ३–४ दिन पछि हल्काज्वरो र सुख्खाखोकिलाग्यो जाँचगर्दा पोजेटिभ देखियो, अब मेरा परिवारको जाचँछिटो गरिदिनु पर्यो ।
आफन्तले घरको कार्यक्रममाबोलाएकाथिए, खानाको व्यवस्थाथियो, म लगाएत त्यस घरका २–३ जनापोजेटिभ देखियो ।
मलाई पोजेटिभ देखियो, पृतिकार्यथियो, केहीआफन्तिले प्रसाद ग्रहण गरेकाथिए।
जान त कतै गएको होइन, केटाकेटि छिमेकीकोवर्थडेमागएकाथिए, एक पटक साथिहरु बाट बधाईको टिका ग्रहण गरेको थिए ।
हाम्रो साथिहरुको सानो गु्रप छ सधै चियामा भेटघाट हुन्थ्यो, अब सवैको जाँचगर्नु पर्यो,।
छिमेकीजिल्लामापुगेर आए पछि, २–४ दिन टाइम पासकालागितास, लुडो खेल्ने गरिन्यो, त्यतै बाट हो की सरेको,
दिउसोको काम गरेपछि खाजाबाहिर खाने गरिएको थियो, त्यतै बाट सरेको जस्तो लाग्छ ।
अरु त कतै होइन, मिटिङ्गहरुमा जाने र खाजाखाने कामहुन्थ्यो, त्यतै बाट सरे होला ।
इन्डीया से आए, और क्वारेन्टिनमै ठैरे थे ।
डिउटिमा खटिएको हो, कहिले कहिले घर जाने गरिएको थियो, सानी छोरीको पोजेटिभ आयो ।
यी र यस्ता संक्रमीतहरुका केहीभनाइले अब सवै सचेत हुन जरुरी देखिन्छ । सबैले आफु र समाजलाई सुरक्षित राख्नकालागि मेरा साथिहरु, मेरो आफन्त, आजको मात्रकार्यक्रम, मलाई केहि हुदैन, भएको छैन भने जस्ता कुराहरु बाट सचेत रहन जरुरी छ ।
साथ साथै अबव्यवस्थितक्वारेनटाइन, अझ धैरै र सुरक्षितआइसोलेसन बेड बनाउन जरुरी छ । सम्पुर्ण स्वास्थ्यकर्मी अझजिम्मेवार हुनआवश्यक छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाई कर्मीको मनोबल उच्च राख्नकालागि सम्पुर्ण कार्यलय प्रमुखतथा राजनितिकर्मीले विशेष भुमिका खेल्न जरुरी रहेको छ ।
कोरोनाको यो युद्धमा सम्पुर्ण स्थानीयतह, स्वास्थ्यकार्यालय, सुरक्षाकर्मी, राजनितिकर्मी, एक जुट हुन जरुरी छ ।अबको यो विषम् समयमा निजि तर्फका स्वास्थ्यकर्मीलाई पनि खटाउन जरुरी रहेको छ ।
सन्चार माध्यमहरुले पनि सम्वेदनशिलअवस्थामाहतारमा भन्दापनि सहि समाचार सहित जनतालाई सु–सुचितगर्ने खालका सन्देशहरु प्रकाशनगर्न आवश्यक रहेको छ । समुदाय स्तरमाकोरोनाको परिक्षण गर्न तयारी र योजना बनाउन जरुरी रहेको छ ।
तेज वली/सरोज रिमाल/ हाल नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्यशाखामा कार्यरत हुनुुहुन्छ ।
प्रतिकया दिनुहोस्