२८औ विश्व स्तनपान दिवस: “स्तनपानअमृत समान बोटलपान बिष समान”

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्रआधार“भन्ने नारा का साथ यो वर्ष बिभिन्नकार्यक्रमहरु गरेर विश्व स्तनपान सप्ताहविश्व भरि मनाइदै छ । आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिकाहुने भएकाले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमाबिशेष महत्वको साथलिने गरिन्छ ।

शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराएशिशुलाई संभावितअकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिने भएकाले जन्मिने बित्तिकै शिशुलाई स्तनपान गराउनु नै सर्वोत्तम मानिन्छ,भने स्तनपानशिशुको मौलिकअधिकार पनि हो ।

विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जनाशिशु मध्ये ३ जनाशिशुलाई मात्रै एक घण्टा भित्रमा स्तनपान गराइरहेको अभ्यास रहेको छ,शिशु जन्मने बित्तिकै आमाको बिगौतीदुध सेवन गरेका शिशुहरुमाविभिन्न रोगको संक्रमण बाट २५ प्रतिशतले शिशु मृत्युदरमा कमिआएको देखाएको छ भने शिशुलाई कहिले पनि स्तनपान नगराएको संख्याभने १ प्रतिशतमात्रै रहेको छ, ।

नेपालमाअहिले झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधीभित्र स्तनपान गराएको पाईदैन । जन्मेको एक घण्टा भित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो नम्बरमा छ । यो सूचीको पहिलो नम्बरमा श्रीलंका छ । आमाको दुधशिशुको लागिपहिलो खोपको रुपमा रहेको छ ।जसले विभिन्न रोग संग लड्नको लागि ठुलो भूमिका खेल्ने गर्दछ ।

शिशुलाई विभिन्न रोग बाट बचाउनशिशु जन्मेको केहि दिन सम्म आमाबाट उत्पादनहुने पहिलो बिगौतीदुधको धेरै ठुलो महत्व हुन्छ । पहेलो बिगौतीदुधमा रोग संग लड्नको लागिबिशेष प्रकारको प्रतिरोधात्मकतत्वहुने भएकोले बिगौतीदुधखुवाउन सके शिशुलाई विभिन्न रोगको संक्रमण बाट बचाउन सकिन्छ ।

स्तनपान गराउँदाशिशुलाई मात्रै नभएर आमालाई पनिफाईदा हुने हुँदा स्तनपान गराउने आमाहरुमा पाठेघर र स्तनमाहुने क्यान्सर र अन्य जटिल रोगहरुको जोखिम समेत कमहुने र जन्मान्तर कायम राख्न समेत सहयोग पुर्याउने अध्ययनले देखाएको छ ।जन्मेको एक घण्टा भित्र स्तनपान गराए संगै आमाले आफ्नो शिशु ६ महिनानपुगुन्जेल निरन्तर रुपमा स्तनपान गराउनु पर्दछ र यो बेलामाबच्चालाई आमाको दुधबाहेक पानी समेत दिनु हुदैन ।

शिशुलाई यो अवस्थामाचाहिने सम्पूर्ण खाना, पानीएवं पोषणको आवश्यकताआमाको दुधबाटनै प्राप्तहुनेहुँदा ६ महिना सम्म निरन्तर आमाको दुधमात्रै चुसाईईरहने अवस्थालाई पूर्ण स्तनपानभनेर बुझिन्छ ।हाम्रो देशमाअझै पनिविभिन्न संस्कार रितिरिवाज चालचलन को नाममाबच्चालाई पूर्ण स्तनपाननगराई ६ महिना अगाडीनै मह, घिउ, चिनी चटाउने र अन्य रेडिमेट तत्वहरू दिने चलन रहि आएको पाइन्छ ।आमाको दुधशिशुको लागितयारी खानाभएकाले जहिले जहाँजुनसुकै अवस्थामाखुवाउन सकिन्छ ।

पूर्ण स्तनपानले शिशुहरुको शारीरिक एवं मानसिक बृद्दि बिकाशमा समेत ठुलो भूमिकाहुनेहुँदा ६ महिना सम्म स्तनपानमात्रै गराए संगै बच्चा कम्ति मापनि २ बर्ष नपुगुन्जेल सम्म पुरक खाना लगाएत आमाको दुध नियमित रुपमाखुवाउनु पर्दछ । स्तनपान गराउदाशिशुलाई कम्तिमापनिदिन र रात गरेर १० (१२ पटक दुधखुवाउनु पर्दछ । शिशुलाई एउटा स्तनबाट एकपटकमा कम्तिमापनि २० मिनेट वा दुध नसकिन्जेल सम्म दुवै स्तन बाट पालो पालो गरी दुध चुसाउनुपर्दछ पर्छ ।

स्तनपानले सबै किसिमको कुपोषण हुन बाट बचाउनुको साथै बिपत् को अवस्थामा शिशु हरुमा खाद्य सुरक्षा समेत सुनिश्चित गराउंछ र बच्चाको पोषण सुधारको लागि सुनौलो हजार दिन महत्वपूर्ण रहेकोले त्यहिहजार दिनभित्र स्तनपानको भूमिका समेत महत्वपूर्ण रहेको छ ।हुन त आजभोलि स्तनपान“अमृत समान बोटलपान बिष समान“भनेर स्तनपानको महत्वलाई बढावा दिएको पाइन्छ, तर पछिल्लो समयमा बिशेषत सहरी क्षेत्रहरुमा बट्टाको दुधखुवाउने प्रचलन बढेको छ ।

यसको प्रमुख कारणहरुमा बढदो सहरीकरण, चेतनाको कमी, आमाको दुधको सट्टामापाइने विभिन्न कृतिम खानेकुरा जस्तै सेरेलक, लेक्टोजिन, आदीको प्रयोग रहेका छन् ।कतिले सुरुमा स्तनपन गराउंदादुधकम आएपछि बट्टाको दुधखुवाउने गरेको समेत पाइन्छ। सुरुमा आमाको दुधप्रयाप्तनआएपनिनिरन्तररुपमादुध चुसाउदै गर्यो भने त्यसले आमाको शरिरमा दुधउतपादन गराउने प्रोल्याक्टिन हार्मोनको सक्रियता बृद्धि भई राम्रोसँग दुधआउने कुरामा धेरैजसो शिक्षीतव्यक्तिहरु पनी अनभिज्ञ रहेको पाइएको छ ।

आमाको दुधप्रतिस्थापन गर्ने विभिन्नपदार्थको बिक्रीवितरण गर्न नपाउने कानुन नेपालमा बने पनित्यसको पूर्ण रुपमाकार्यान्वयनहुन सकेको छैन प्राकृतिकप्रकोपको बेलाविभिन्न संघ संस्थाले समेत यस्ता पदार्थको वितरण गरिरहेको समेत पाइन्छ ।बजारमा सहजै पाइने यस्तो दुग्धजन्यप्रतिस्थापकपदार्थको सेवनले शिशु तथाबालबालिकालाई बिभिन्न रोगको संक्रमण र कुपोषणको जोखिम बढाएको छ ।

तसर्थ यस्तो पदार्थको बिक्रीवितरण, बजारीकरणलाई रोक्न स्थानीय तहबाटनै शसक्त योजनाबनाएर अगाडी बढ्न जरुरी देखिन्छ सार्क सार्क देशहरुमध्धे श्रीलंकामा ९० सुत्केरीले जन्मेको एक घण्टा भित्रै शिशुलाई स्तनपान गराउँछन् ।त्यसपछि भुटान ७८ प्रतिशत, तेस्रो मालदिव्समा ६१ प्रतिशत रहेको छभने नेपालमा ५५ प्रतिशत सुत्केरी आमाहरुले एक घण्टा भित्रआफ्नाशिशुहरुलाई स्तनपान गराईरहेको अवस्था छ।

नवजातशिशुको लागिअर्को महत्वपूर्ण मानिने ‘अर्थात ६ महिना सम्म आमाको दुधबाहेक केही नखुवाउने ‘(एक्सक्लुसिभ ब्रेस्ट फिडिङ) सार्कका देशहरु मध्ये नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको श्रीलंकामा छ महिनासम्मदुधमात्रै खुवाउने आमाहरु ८२ प्रतिशत छन् ।दोस्रो स्थानमा रहेको नेपालमा ६ महिनासम्मदुधमात्रै खुवाउने आमाहरु ६६ प्रतिशत छन्।

जन्मेको दुई बर्षसम्म शिशुलाई दुध चुसाउनेको सूचीमा सार्क देशहरुमा नेपालपहिलो छ । नेपालका ८२ प्रतिशतआमाहरुले शिशुलाई कम्तिमादुई बर्ष सम्म स्तनपान गराउँछन् ।स्तनपानबाल स्वास्थ्यको लागिअत्यन्तउपयोगी र प्रभावकारी विधिहो । शिशुकालागि स्तनपानपोषण हो र औषधिपनिहो । यसले बालमृत्युदर घटाउनमा अत्यन्तै ठुलो भुमिका रहेको छ । कोभिड–१९ को महामारीको बीचमापनिएमआर क्याम्पियन,रोटा भाइरस विरुद्धको खोप र भिटामिन ए ,स्तनपानदिवश जस्ता कार्यक्रम सम्पन्नभईरेका छन् ।

हामीले निकै नै राम्रो काम गरिरहेका छौँ । विश्वले हामीलाई हेरिरहेको छ । स्तनपान सप्ताहमनाउनुको कारण नै स्तनपानलाई प्रवर्द्धन गर्नु हो । नेपालमाअहिले पनि ४५ प्रतिशतआमाहरुले शिशु जन्मने वित्तिकै स्तनपान गराउन सक्नु भएको छैन् । यसलाई घटाउन सक्नु अहिलेको आवश्यकताहो भिन्नकार्यक्रम साथ स्तनपान सप्ताहमनाइदै छ । संघिय सरकारको अगुवाईमा प्रदेश र स्थानीय सरकारले यो वर्ष स्तनपान सप्ताह संचालन गरि स्तनपानको महत्वलाई प्रकाशपार्ने गरि देशभर कार्यक्रम भैरहेको छ ।

देश संघियतामा गए संगै यो कार्यक्रमको महत्व र जानकारी मुलक संदेश समुदायस्तर र घरघर सम्म संचार गर्नको लागि स्थानीयतहको भूमिका महत्वपुर्ण रहेको छ । आफ्नो क्षेत्रमाकार्यरत विभिन्न सरकारी गैरसरकारी,संचार माध्यम र अन्य संस्थाहरु संग समन्वय गरेर स्थानीयतहले समुदायस्तरमा बिभिन्न सचेतनामुलककार्यक्रमहरु आयोजना गरि मनाईदैछ ।

यसमा संघ, प्रदेश, जिल्ला, स्थानियतहका, पालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र पोषणमा काम गर्ने संघसंस्थामाकार्यरतकर्मचारीले श्रोत व्यक्तिको रुपमा सहयोग गरिरहेको र समुदायस्तरमा समेत महिला स्वास्थ्य स्वयम् सेविकालाई परिचालनभई ्आमासमूह र अन्य स्थानमा स्तनपानको महत्व, सहि सम्पर्क आशनबारे प्रदर्शनी र मातृ शिशु तथाबाल्यकालीनपोषण बारेको महत्व र कार्यक्रमको मूल मर्मलाई बुझेर सबैले हातेमालो गरि सबैको तर्फबाट कार्यक्रम संचालन गरि लक्षितवर्गमा सहि सन्देश प्रवाह गरेर उनिहरुको व्यवहार परिवर्तन गर्न सके स्तनपान सप्ताहको सार्थक रूप हुने छ ।

लेखक मोति प्रसाद पौडेल
जन स्वास्थ्यअधिकृत तिलोत्तमानगरपालिका स्वास्थ्य संयोजक हुन ।

सम्बन्धित शिर्षक :