बलराम न्यौपाने
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या ७०,००.००० र मृत्यु हुनेको संख्या ४००,००० कटिसकेको छ ।
कोरोना संक्रमण शुरु भएको पाँच महनिा कटिसकेको छ। यसबाट ११६ मुलुक प्रभावित छन्। नेपालमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकमो छ । विगत २ हप्तामा मात्र यो संक्रमण ३००० जनामा देखिएको छ ।
यो रोगबाट नेपालमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। हाल यो रोग समुदाय स्तरमा फैलिइसकेको आशंका छ । भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको संख्या हजारौंको रहेको छ र उनीहरुबाट समुदायमा तिब्ररुपमा कोरोना संक्रमण फैलिरहेको आशंका छ ।
यस्तो अवस्थामा परिक्षणको दायरा अझै बढाउनु पर्ने हुन्छ । तर सीमित श्रोत, साधन र जनशक्तिका बीच या खासै सम्भव देखिदैंन । कोरोना परीक्षणमा कुन विधि ठीक भन्ने बहस पनि व्यापक रुपमा भइरहेको देखिन्छ । यसै सन्दर्भमा चलनचल्तिमा रहेको विधिहरुको बारेमा चर्चा गर्न गईरहेका छौ। आशा छ यसबाट जनमानसमा यो विधिहरुको बारेमा सामान्य ज्ञान प्राप्त हुँन सक्ने छ । कोरोना भाइरस परिक्षणमा प्रयोगमा रहेका निम्न विधिहरु छन् ः
चित्र: सार्स कोरोना भाइरस–२ परिक्षण ( आरटी पिसिआर)
१) रिभर्स ट्रांस्कृप्टेज पि.सी.आर : रिभर्स ट्रांस्कृप्टेज पोलिमरेज चेन रिएक्सन एउटा आणविक परिक्षण विधि हो जसले सार्स कोरोना भाइरस–२ को वंशाणु अर्थात् राइबोन्यक्लिक एसिड (आर.एन.ए.) पत्ता लगाउँछ । यो विधिले थोरै संख्यामा नमूनामा रहेको भाइरल आर.एन.ए. लाई ठूलो मात्रामा पुर्नउत्पादन गरिदिन्छ ।
यो बिधि बाट एकवटा आर एन ए अणुबाट ३५ बिलियन डि।एन।ए प्रतिलिपि उत्पादन गरिदिन्छ जसलाई सजिलै चिन्न सकिन्छ । यसलाई पूर्व रुपमा ज्ञात रहेको सार्स कोरोना भाइरस–२ को आर.एन.ए.को टुक्राहरु (प्रोब) जसमा फ्लोरेसेन्ट रंग जोडिएको हुन्छ संग संयोजन गराई सार्स कोरोना भाइरस–२ को आर.एन.ए. अनुक्रमहरुको उपस्थितिको जाँच गरिन्छ। यो जाँचको नतिजा आउन, जांच शुरु गरेको करिब ३ देखि ४ घण्टा लाग्दछ । यो परिक्षणको लागी आवस्यक सम्पूर्ण सामग्री एउटा किट मा नै उपलब्ध हुन्छ र पिसिआर मेसिन चाहिन्छ।
फाईदाहरू:
यसबाट सकारात्मक आउने नमूना विश्वस्त रुपमा सार्स कोरोना भाइरस–२ नै हो भन्न सकिन्छ । तसर्थ आर.टि.पि.सी. आर विधिलाई कोरोना भाइरस परीक्षणको विश्वशनिय विधिको रुपमा लिइन्छ। साथै आर टि पी सी आर बिधिले स्वास्थ्य कर्मीलाई भाइरस बाट संक्रमित व्यक्ति को पहिचान गराउछ र उसलाई आइसोलेसन मा राख्न मद्दत गर्छ
बेफ़ाईदहरु:
यो बिधि भाइरस क्याप्चर गर्ने बिधि भएकाले परिक्षण गर्दा पुरानो संक्रमण भयका व्यक्ति , रोग निको भयका व्यक्ति तथा सहि नमुना नभयको अवस्थामा भाइरस नदेखिने हुदा रोग पहिचान गर्न सक्दैन ।
तसर्थ यो विधिको विश्वसनीयता ८०–८५ प्रतिशत मात्र रहेको छ । अर्थात् यसले १०० कोरोना संक्रमित मध्य ८० देखि ८५ जनामा सकारात्मक र १५ देखि २० जना संक्रमितलाई नकारात्मक देखाउन सक्छ । लुप मेडीएटएड आइसोथार्मल अम्प्लिफिकेसन यो बिधि पनि आरटि पीसीआर जस्तै आरएनए को प्रतिलिपि बनाउने बिधि हो । तर यसमा तापक्रम एकनास रहन्छ । यो बिधि पिसिआर को तुलनामा धेरै साधारण र सजिलो छ । यो नया बिधि भएकोले किलिनिकल ट्रायल चली रहेको छ।
कोलोइडल गोल्ड इम्युनोक्रोमाटोग्राफी यापिड् डाइग्नोष्टिक टेष्ट०स् यो जांच लाई तिब्र निदान परिक्षण पनि भनिन्छ। आरडिटी एन्टीबडी परिक्षणले वर्तमान र पूर्व संक्रमण दुवैको जानकारी दिन्छ। तर यसबाट पूर्व र वर्तमान संक्रमण छुट्याउन सकिदैन। जब संक्रमितको शरीर मा भाइरस विरुद्ध एन्टीबडी उत्पादन हुन थाल्दछ अनि यो जांच उपयुक्त हुन्छ।
एन्टीबडी हरु दुई प्रकारको हुन्छन स् आइजिएम र आइजिजी । आइजिएम बन्न कम्तीमा सात दिन र आइजिजी बन्न १५ दिन लाग्दछ । आर।डि।टी एन्टीबडी किट्ले यो दुई वटै एन्टीबडी पत्ता लगाउन सक्दछ। यो बिधि बाट पत्ता लगाउन संक्रमण भयको ७ देखि १४ दिन हुन पर्दछ। आर।डि।टी एन्टीजन परिक्षण बाट भाइरस को उपस्थिति पत्ता लाग्दछ त्यो पनि छोटो समयमा यसबाट हाल चलिरहेको संक्रमण पत्ता लाग्दछ। यो बिधिबाट पिसिआर परिक्षण नगरी सिधै भाइरस पत्ता लगाउन सकिन्छ तर यो बिधि पनि परिक्षणकालमै रहेको छ।
चित्र आर डी टी जांच
फाईदाहरू : यो जाँचको नतिजा १५ मिनेटमा नै आउछ। यस जांच को नमुना संकलन गर्न सजिलो छ। सामान्य तालिम लियको व्यक्तिले पनि सजिलै गर्न सक्छन।
बेफ़ाईदहरु :
आर डि टी परिक्षण मा संक्रमण भयको दिन देखि ७ देखि १० दिन सम्म झुठो नकारात्मक आउने हुन्छ । किनभने यो समयमा संक्रमितको शरीरमा एन्टीबडी उत्पादन भैसकेको हुदैन । तर भविष्यमा यो जाँचको नया रुप एन्टीजन परिक्षणको लागि उपलब्ध भयमा यसले वर्तमान संक्रमण लाई पनि पत्ता लगाउन सक्ने छ ।
एन्ज़ाईम लिंकड इम्युनोसरबेंट एस्से यो जांच पनि एन्टीबोडी वा एन्टीजन पत्ता लगाउन उपयोगी हुन्छ । खास गरि पूर्व संक्रमण पत्ता लगाउन एन्टीबोडी एलाइज़ा जांच अति उपुक्त हुन्छ । तर एन्टीजन एलाइज़ा भने खासै विश्वसनीय मानिदैन । सार्स कोरोना भाइरस २ को जाँचको लागी यी बिधिहरु स्थापित भैसकेको छैन ।
चित्र घ एलाईजा जांच
निष्कर्ष :
सार्स कोरोना भाइरस–२ परीक्षण गर्नको लागि स्वर्ण मापदण्ड भेनको आर टि.पि.सी.आर जाँच नै हो ।यसबाट सकारात्मक आउने नतिजालाई ढुक्कसँग भरोसा गर्न सकिन्छ किनभने यसको विशिष्टता उच्च छ । तर यो परीक्षणमा गलत नकारात्मक परिणाम आउने सम्भावना रहन्छ। यो खासगरी नमूना संकलनको विश्वशनियता र संक्रमणको चरणमा भरपर्दछ ।
उपयुक्त ठाउँबाट लिउको स्वाव र ३ देखि ७ दिनको संक्रमणमा सकारात्मक परिणाम आउने सम्भावना उच्च रहन्छ। यो विधिमा निरन्तर सुधार हुँदै गइरहेको छ र विशिष्टता बढीरहेको छ । त्यसैगरी आर.डि.टि. एन्टीबडी परीक्षण पनि पुरानो संक्रमण र सम्पर्क पहिचानको उपयुक्त विधि हुन सक्छ। तर यो जाँच वर्तमान संक्रमण पहिचान गर्ने भरोसा योग्य परिक्षण होइन ।
त्यसै गरी एन्टीजन आर.डि.टि. वर्तमान संक्रमण परिक्षण गर्ने उपयुक्त विधि हो। तर हाल लाई यों बिधि स्थापित भयको छैन। अप्रिल १३ गते कैलालीको एकजना ६५ वर्षीय महिलालाई आर।डि।टी र पिसिआर विधिबाट कोरोन परिक्षण गर्नको लागि नमुना लिइयो । उनको आर।डि।टी परिक्षण नकारात्मक आयो । अनि उनलाई पिसिआर परिक्षण नतीजा नआउदै घर पठाइयो ।
तर ३ दिन पछि उनको पिसिआर जांच सकारात्मक आयो। उनीबाट समुदायमा कति संक्रमण फैलियो होला यसको लेखाजोखा छैन।तसर्थ कुन समय मा कुन बिधि प्रयोग गर्ने भन्ने कुराको उचित ज्ञान भयन भने यस्तो परिक्षणले समुदायमा झनै खतरा निम्ताउन सक्छ। नेपालमा गरियको आम आर।डि।टी परीक्षण विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुनुपर्छ।
जस अनुसार आर।डि।टी परिक्षण कम्तिमा १४ दिन क्वारेन्टिन बसेका, स्वास्थ्य कर्मीहरु वा आइसोलेसन हस्पिटल मा रहेका व्यक्ति हरु को लागि मात्र उपयुक्त हुन्छ। आर।डि।टी परिक्षण नकारात्मक आएपनि यस्ता व्यक्तिको लागि पिसिआर परिक्षण अनिवार्य रुपमा गर्नु पर्छ।अर्कोतर्फ़ यदि शंकास्पद व्यक्तिमा पिसिआर नकारात्मक आयो पनि उसलाई अझ थप १० दिन क्वारेन्टिन मा राख्नु पर्छ अनि उसमा आर डि टी परिक्षण गरि दोस्रो पटक सम्म नकारात्मक आयपछी मात्र छोड्नु पर्छ ।
यसरि आर।डि।टी र पिसिआर परिक्षण को उपुक्त प्रयोग गरे कोरोना निदानमा परिपुरक हुन सक्छ। तर आधारभूत निदान को लागि पिसिआर नै गर्नु पर्छ भने विभिन्न अन्य अवस्थामा आर।डि।टी को प्रयोग आवस्यक देखिन्छ। यी दुई विधिको उपयुक्त मिश्रण गरेर जानुको विकल्प हाललाई देखिदैन ।
बलराम न्यौपाने असिस्ष्टेन्ट प्रोफेसर, बायोकेमिष्ट्री क्रिमशन कलेज अफ टेक्नोलोजी, बुटवल, प्रदेश नं. ५, रुपन्देही, नेपाल
प्रतिकया दिनुहोस्