लुम्बिनी प्रादेशीक अस्पतालमा मेसु डा. राजेन्द्र खनालका ७ महिनामा ७ काम

स्वास्थ्यसमाचार /डा. राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा मेसु भएपछि ७ महिनामा उल्लेखनिय ७ काम गरेका छन । प्रदेश ५ सरकारले डा. खनाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेपछि खनालले ७ महिनामा ७ उल्लेखनिय काम गरेको बताएका छन ।

अस्पतालमा दोश्रो पटक मेसु भएपछि खनालले यस क्षेत्रमा सरकार अस्पतालमा नभएको डायलासिस सेवा शुरु गरेको बताए । निजी अस्पतालमा यो सेवा भएपनि सरकारी अस्पतालमा नभएकोले लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो आफुले यो सेवा शुरु गरेको बताए ।

दोश्रो कामको रुपमा डा. खनालले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा अघि सारेपछि अस्पताल परिसरमा रहेका सटरलाई हटाउन बिभिन्न समस्या भएको थियो त्यो हटाई सरकारको निर्देशन अनुसार को काम अघि बढाएको बताए ।
खनालले सधै सबैले ईर्मेजेन्सीको सेवा प्रभावकारी नभएको बेड अभाव लगायका समस्या समाधान गरेका छन् ।

अहिले अस्पतालको त्यो ईर्मेजन्सी विभाग ब्यवस्थीत भएको छ । भित्र कार्यरत स्वास्थ्यकर्मी चिकित्सकले निजी किल्नीकमा बिरामी पठाउने अबैध काम बन्द भएको छ । त्यसबाट बिरामीलाई सहज भएको छ भने सेवा प्रभावकारी रहेको छ । अस्पतालको जग्गामा रहेको  पेट्रोल पंम्पलाई हटाई त्यो ठाउँँ खालि भएको छ । त्यसमा अथो विडस बिल्डीड बनाउने तयारी भएको खनालले बताए ।

डा. खनालले पाँँचौ कामा बिश्वमा कोरोना महारी फैलेसंगै यसक्षेत्रमा पनि कोरोना अस्थायी अस्पताल आईसियु सहितको बनाई त्यहाँँ कोरोना उपचार गर्ने ठाउँँ बनाएको बताए । आफुमात्र नभएर अस्पताल बिकास समिति कर्मचारी सबैक्षेत्रको सहयोगमा यो आईसियु सहितको अस्पताल निमार्ण गरेको बताए ।

अस्पतालमा अप्रेशन गरेका बिरामीलाई राख्ने ठाउँँ वोष्टअप्रटेपी वाड निमार्ण गरि शुरु गरिएको छ । जसबाट अप्रेसन गरेका मानिसलाई राख्नको लागी सहज भएको छ । प्रदेश ५ सरकारको लगानीमा भएको नयाँ भवनमा यो सेवा शुरु गरिएको डा. खनालले बताए।

डा. खनालले सातौँँ काम अहिले अस्पतालमा पिसीआर सेवा सुरु गरेको बताएका छन। कोरोना महामारीको रुपमा फैलीउपछि परिक्षणको दायरा बढाउने उदेश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना ल्याव परिक्षण शुरु गरिएको बताए । डा. खनालले अस्पतालमा फिबर किल्नीक आईसुलेसन कक्ष लगायतका धेरै सुधारका काम गरेको बताएका छन् । अरुपनि धेरै काम भएको डा. खनालले बताए ।

सम्बन्धित शिर्षक :