पेशाले म एक स्वास्थ्यकर्मी कोभिड संक्रमण नियन्त्रणको लागि अग्र पंक्तिमा रहेर काम गर्नुपर्ने जिम्मेवारी मेरो काँँधमा थियो ।
यसै अनुसार शुरु देखिनै यस रोगको रोकथाम नियन्त्रणको साथसाथै जनताको आधारभुत स्वास्थ्य सेवा पाउनुपर्ने हकलाई सुनिश्चित गर्दै नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएँँ , शुरुको लकडाउनको समयमा स्वास्थ्यकर्मि भएकै कारण कोरोना बाहकको रूपमा समाजले गरेको ब्यवहार , ससस्त्र द्वन्दको अवस्थामा गरिने बन्दमा जस्तै लकडाउनको बेलामा सेवा प्रवाहको लागि जाने आउने क्रममा बाटोमा भएको अवरोधको सामना गर्दै निरन्तर सेवामा खटिरहे ।
यस अवधिमा कहिले क्वारेन्टाइन, कहिले आइसोलेसन, कहिले नियमित स्वास्थ्य सेवाको काममा खटिरहे, यस अवधिमा कुनै बेला संक्रमणको उच्च जोखिम युक्त ब्यवहार पनि भएको अबस्थामा पटकपटक जाँच गर्दा संक्रमण देखिएको थिएन, पहिलो लकडाउन देखि करिव आठ महिनाको समय संक्रमण रहित किसिमले पार गरियो,पछिल्लो समय मैले यस रोगलाई लक्ष्यण बिहिन अवस्थामानै जितेको महसुस गरेको थिए तर तेसो हुन सकेन ।
कार्तिक २० गते म डिउटीबाट फर्किदै गर्दा एक्कासि ज्वरो आयो अधिक शरीर दुख्यो, आफू स्वास्थ्य कर्मी भएको कारण आफै लक्षण अनुसारको केही औषधि खाएँँ, तर स्वास्थ्यमा राम्रो सुधार भएन, समस्या अझ बढी हुदै गएकोले २४ गते कोभिडको लागि PCR TEST गराएँँ, तेसै दिन रिपोर्ट पोजेटिभ आयो, मसंग सम्पर्कमा हुनुभएको फिजिसियन डाक्टरसंग फोन मार्फत आफ्नो बारेमा जानकारी गराएँँ उहाँहरुको सल्लाह अनुसार केहि औषधि लिएर होम आइसोलेसनमा बस्न शुरु गरेंं, २५ र २६ गते समस्या अझै बढी भयो ।
लगातार ज्वरो आइरहयो , स्वाद गन्ध हराउँँदै गयो, खोकी बढी हुँँदै गयो, छातीमा अप्ठ्यारो महसुस भयो, जुन समस्याले मलाई बढी गार्हो बनायो, अर्को दिन प्रादेशिक अस्पतालको Fever Clinic मा Chest X-Ray को लागि गए X-Ray मा फोक्सोमा हल्का निमोनिया देखियो, डर अझै बढ्यो पुन डाक्टरसंग सल्लाह गरेर औषधि थप गरियो जुन औषधिले नै मलाई अस्पतालमा भर्ना हुनपर्ने अवस्थाबाट बचायो । यसरी झन्डै १२-१३ दिन सम्म यसका विविध लक्षणहरुसंग जुध्दै आज १८औंं दिनको दिन कोरोना मुक्त भएको छु ।
यस बिचमा म आफू लक्षण सहितको बिरामी हुदै गर्दा मेरो मेडम पनि यस रोगको संक्रमण हुनुभयो, जसले गर्दा अझ तनाव बढ्यो, उहाँलाई हल्का लक्षण त सबै देखियो तर छातिको समस्या नआएकोले तेति धेरै गारो भएन, अहिले हामी दुबै जना कोरोना मुक्त भएका छौंं । यस अबधिमा हाम्रो उपचार , खानपिनमा निरन्तर सहयोग गर्नु हुने मेरो बाबा आमा , दाजु भाउजुहरु हरेक पटक फोनबाट उपचारमा सहयोग गर्नु हुने सबै प्रति आभारी छु ।
आदरणीय डाक्टरहरु नन्दु पाठक, सुदर्शन थापा, सुन्दर पान्डे , राजन पान्डे मलाई निरन्तर सहयोग र सल्लाह प्रदान गर्नु हुने प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल माइक्रोबायोलोजिस्ट साथी राम बहादुर खड्का , हामीलाई पटक पटक घरमै आइ भेटेर हौसला प्रदान तथा स्वास्थ्य लाभको कामना गर्नु हुने हाम्रा सह्कर्मि स्वास्थ्यकर्मि साथीहरू, आफन्त, छिमेकीहरु, साथै फोन , सामाजिक सन्जाल बाट नियमित स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्य लाभको कामना गर्नु हुने देश बिदेशमा रहनु भएका हजारौं आफन्त ,शुभचिन्तकहरु प्रती हार्दिक आभार प्रकट गर्दछु साथै कोटि कोटि नमन गर्दछु , उहाँहरुको पुकार र प्रेणाले हामीले रोगलाइ पराजित गर्न सक्यौं ।
वास्तबमा कोरोना सोचे जस्तो रहेनछ यस रोगले दुई किसिमले असर गर्दो रहेछ
1 यस रोगको लक्षण चिन्हहरुले बिरामी कम्जोर हुँँदोरहेछ, एकै दिनमा फरक फरक लक्षणले सताउने तथा थाहै नदिई एक्कासि जटिल अवस्था आउने।
2 मानसिक तनाव जुन झनै जटिल ( बिरामीसंग अन्य ब्यक्ति डराउन पर्ने, बिरामी अरुसंग डराउन पर्ने ,बढी बिरामी भयो भने अस्पतालसम्म जाने सवारी साधन सहज उपलब्ध नहुने , साधन मिलिहाले पनि अस्पतालमा ठाउँ नपाइने, डाक्टरले राम्रोसंग हेर्न डराउने जस्ता समस्या व्यापक हुदा रोगले भन्दा पनि उपचार पाउँँदिनकी भन्ने डर ठुलो हुँँदोरहेछ।
यो अझ खतरापूर्ण हुनेरहेछ अन्त्यमा यो रोग समाजमा घटेको छैन ,त्यसकारण नियमित स्वास्थ्य मापदण्ड पालन गरि दैनिकीमा सरिक हुन अनुरोध गर्दछौं ।
-लेखक नन्दाराम पौडेल हेल्थ असिस्टेन्टको रुपमा मायादेबि गाउँपालिका रुपन्देहीमा कार्यरत हुनुुुहुन्छ ।
प्रतिकया दिनुहोस्