मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने डा खनाल

आशाका किरणहरु फैलिएको देख्छु,ओइलाएका फूलहरु फक्रीएको देख्छु
मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने।
आफू कोभिडबाट सिकिस्त हुंदा जन्मिएका शब्दहरुबाट सिर्जित गीतको केही अंशहरु हुन, जो संगीत बनेर श्रब्य दृश्य(music video) मार्फत यू ट्यूबबाट euta manchhe nai hu ma शिर्षकबाट प्रसारण भैसकेको छ।
आज संक्रमण भएको ४ महिना बितेपछि अबको संक्रमणबाट बच्न स्वास्थ्य बैज्ञानिक हरुले अहोरात्र खटेर बिकास गरेका, मित्र राष्ट्र भारतबाट नेपाली जनतालाई प्राप्त कोभिड विरुद्धको भ्याक्सिन Covishield को पहिलो डोज लुम्बिनी प्रादेशिक अस्पतालको खोपकेन्द्रबाट पहिलो सेवाग्राही भएर लिइयो।
शुरुमै खोप लिने पहिलो भायल खोल्दा पुग्ने १० जनाको लिस्ट तयार पार्ने क्रममा हाम्रा स्टाफहरुमा पनि एक भय,शंका मिश्रित संकोच बुझेकोले पहिलो सेवाग्राही बन्ने निर्णय मैले हिंजोमात्र गरेको हु।
शरीरभित्र प्रवेश गर्ने कुनै पनि बाह्य तत्व सजिलै ग्रहण त हुंदैन, त्यसका क्रिया प्रतिक्रिया त हुन्छन। मात्रै त्यसरी प्रबेश पाएका अधिकांश ब्यक्तिहरुलाई बैज्ञानिक अनुसंधान गर्दा फाइदा भएको पाइएमा त्यसको प्रयोगको लागि सिफारिस हुने गर्छ।कहिलेकाहीँ साइड इफेक्ट पनि कसैकसैलाई सामान्यदेखि भयानक पनि हुन सक्छ, जस्को तत्काल मेडिकल उपचार पनि चाहिने हुन्छ।
यो कुरा बुझेर शरीरमा भ्याक्सिन लिएपछि आउँदा दिनमा बनेको प्रतिरक्षात्मक क्षमताले संक्रमणको विरुद्ध काम गरोस, समस्या नहोस भनेर लगाउने हो। महामारीले संसारलाई आक्रान्त पारेको यस्तो घडीमा यति चाडैं भ्याक्सिन बिकास हुनु र लगाउन पाउनुले आशाका किरणको अनुभुति भएको छ। बांकि समिक्षा हुंदै गर्ला।
धन्यवाद सरकारलाई, मित्र राष्ट्रलाई र बैज्ञानिकहरुलाई। यो भ्याक्सिन संक्रमित भएर निगेटिभ रिपोर्ट भएकाहरुले पनि लगाउनुपर्ने अहिलेको सुझाव छ।बच्चाहरूलाई र अस्थिर तथा आकस्मिक स्वास्थ अवस्था भएकालाई नदिनुभन्ने सुझाव छ। डा राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हुन ।

सम्बन्धित शिर्षक :