कोरोना भयले हैन सजकताले जितिन्छ !

मनमा भय बोकेर
कोरोनाले जय गर्दैन
सजकताले कोरोना जितिन्छ
सतर्कताले कोरोना जितिन्छ ।

कोरोना कहर बोकेर
भोलीको रहर(सपना) पूरा हुँदैन
सावधानीले कोरोना जितिन्छ
होसियारीले कोरोना जितिन्छ ।

कोरोना कुनै पाप हैन
सामाजिक वहिस्कार हुनुहुँदैन
कोरोना सकारात्मक सोंचले जितिन्छ
कोरोना रोगप्रतिरोधी खानपिनले जितिन्छ ।

सुख्खा खोकी र उच्च ज्वरो
संगै श्वासप्रस्वासमा जटिलता
संभावित लक्षण यी हुन कोरोनाका
यस्तो बेला जानु चिकित्सक कहाँ ।

संक्रमितले हाछ्यु गर्दा या खोक्दा
किटाणु फैलिनसक्छन कोरोनाका
यसबाट बच्न गरौं अनिवार्य मास्क लगाउने
नगरौं खालीहातले आँखा, नाक, मुख छुने ।

कोरोना आफैमा जटिल हैन
हाम्रो सोंचले जटिलता निम्तिनसक्छ
संक्रमितप्रति साथ, सहयोग, सद्भाव बाँडौ
कोरोना मुक्त समाज बनाऔं !
– रचनाकार स्वास्थ्यसमाचार अनलाईनका व्यवस्थापक हुन् ।

सम्बन्धित शिर्षक :