स्वास्थ्यसमाचार/प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा चार वर्षे सम्झौता भएको हो । सम्झौता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारको प्रसुति सेवा सञ्चालन हुने छ । सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिँदै आएकोमा अब जटिल अवस्थाको शल्यक्रियामार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी लिए । शल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरूलाई घोराही अथवा बुटवल रेफर गर्नुपर्ने बाध्यता थियो । शल्यक्रियाका लागि एमडी जनरल फिजिशियनसहितको स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएको छ…
औषधीका-कुरा
सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल
स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…
“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”
“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ । सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन…
युनिसेफ -डब्लूएचओको संयुक्त अपिल :स्वस्थ भविष्यका लागि नवजात शिशुलाई स्तनपान गराउ
स्वास्थ्यसमाचार/ स्तनपान हरेक नवजात शिशुको लागि अमृत जस्तै हो। आमाको दूधलाई बच्चाको लागि पूर्ण आहार मानिन्छ, यसमा बच्चाको पोषणको लागि आवश्यक पर्याप्त तत्वहरु हुन्छन्। यही कारणले गर्दा सबै आमाहरूलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सल्लाह दिइन्छ। अगष्टको पहिलो सातालाई स्तनपानका फाइदाबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यले ‘विश्व स्तनपान सप्ताह’को रूपमा मनाइन्छ। यसै क्रममा यस वर्ष युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्तनपानमा जोड दिँदै स्तनपानका स्वास्थ्य लाभका बारेमा जानकारी दिएका छन् । युनिसेफ र डब्लुएचओले विश्वभरका मानिसहरूलाई स्तनपानको बारेमा चेतनाको लागि अपिल गरेका…
प्युठान अस्पताललाई निक साइमन्सको आईसियु भवन र उपकरण
स्वास्थ्यसमाचार/ प्युठान अस्पताललाई निक साइमन्स इन्स्टिच्युटले २३ वेडको आईसियु भबन र त्यसलाई आबश्यक पर्ने उपकरण हस्तान्तरण गरेको छ ।निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुदृढिकरण परियोजना अन्तर्गत हस्तान्तरण गरेको हो। उक्त भबन र सामान लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले भबनको उद्धघाटन र उपकरणहरु हस्तान्तरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरे ।उनले अस्पताल सञ्चालनको लागि क्षमतावान मेसु र इमान्दार प्रशासक, लेखा अधिकृत र स्टोर किपर हुन जरुरी रहेको भन्दै यी पदका अधिकारीहरुको लापरवाहीको कारण अस्पताल अस्तब्यस्त हुने गरेको बताए।…
स्तनपान सप्ताह-२०७९: ‘जन्मनेबित्तिकै किन खुवाउने आमाको दूध ?’
स्वास्थ्यसमाचार / शिशुका लागि आमाको दूधको महत्त्वसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । सन् १९९० मा इटलीमा सरकारी नीति निर्माताहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ र सरोकारवालालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको एक भेला भयो । उक्त भेलाले ‘इन्नोसेन्टी घोषणापत्र’ जारी गर्यो । उक्त भेलामा विश्वव्यापी रूपमा स्तनपान प्रवर्द्धनका लागि अगस्त १ देखि ७ तारिखसम्म ‘स्तनपान सप्ताह’ मनाउने निर्णय गरेको थियो । यसैअनुसार…
रुपन्देहीमा डेंगुका बिरामी बढे सचेतना कार्यक्रम गर्न बजेट अभाब
स्वास्थ्यसमाचार रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ ।लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताए । रुपन्देहीका हरेक ल्याबहरुमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ…
आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तुमा बन्जाडे
स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी व्यबसायी संघ कपिलबस्तु जिल्ला साखाको दोश्रो अधिबेशन सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिबार कल्याण मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भयो । अधिबेशनमा वोल्दै प्रमुख अतिथि डा पौडेलले कोरोना महामारीमा संक्रमितहरुको रोग प्रतिरोध क्षमता बृद्धि गर्न आयुर्वेद औषधी संगै आयुर्वेद पद्धतिले जनमानसमा बिश्वास जितेको बताए। डा पौडेलले सरकारले निजी ब्यबसायीलाई तालिम गोष्ठीको आयोजना गरि आयुर्वेद चिकित्सापद्धतीमा भएका एैन नियमका बारेमा निजीक्षेत्रमा कार्यरत औषधी ब्यबसायीलाई सहभागी गराउने प्रदेश सरकारको योजना गरेको बताए। उक्त अधिबेशन वाट गोपाल बन्जाडेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति…
स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख शर्मा
स्वास्थ्यसमाचार / मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ ।दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । विशेष गरि विद्यालय जाने नानी बाबुहरुका लागि पनि जसले साइकललाई सजिलैसँग कन्ट्रोल गर्नसक्छ उनीहरुलाई हामीले साइकलको व्यवस्था गरिदियो भने स्वस्थ सँगसँगै जाँगरिला पनि हुने कुरा व्यक्त गर्नुभयो ।हिजो आजको दिनमा मानिसहरूले आफ्नो दैनिक गुजारा गर्नका लागि विलासिताका साधनहरु प्रयोग गरेको पाउँछौं भने पछिल्लो समयमा आएर विशेषतः साइकलको प्रयोग…
लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो । लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष…
