स्वास्थ्यसमाचार ९ असार रुपन्देही जिल्लामा कोभिड विरुद्धको खोप लगाउने जिल्लामा नेपालमै पहिलो जिल्ला भएको छ । पहिलो चरणको खोप लगाएका जनताले अन्य जिल्लाहरुमा दोस्रो चरणको खोप नलगाएको पाईने गरेकोमा रुपन्देहीमा भने पहिलो र दोस्रो चरणको खोप लगाउनेको संख्या बराबर देखिएको हो । जिल्ला स्वास्था कार्यालय रुपन्देहीको तथ्यांक अनुसार जिल्लामा पहिलो डोज र दोस्रो डोज को कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या अझ बढि देखिएको हो ।जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लाका १ सय २ प्रतिशतले कोभिडको पहिलो र दोस्रो खोप को मात्रा लगाएका छन् । प्रदेशका अन्य जिल्लाहरुमा…
औषधीका-कुरा
बुटबल उपमहानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार रुपन्देही ८ असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । निति कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले वताए। आयुर्वेद अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु,…
मिति सकिएको औषधीमा नयाँ मिति र मुल्य राखेर विक्री गर्ने तीन पक्राउ
स्वास्थ्यसमाचार/ औषधीमा नयाँ मुल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गरेको आरोपमा नागार्जुन गाउँपालिका वडा नं २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं ११ वैतडीका २६ वर्षीय हरिष भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । अवैध रुपमा विभिन्न प्रकारका प्रशाधन…
रुद्रवेणी धाममा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण र औषधी बितरण
स्वास्थ्यसमाचार/ रुद्रवेणी धामका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिएको छ। गुल्मीको सत्यवती गाउँपालिका रहेको उक्त शिबिरमा डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए। उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनाल द्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वृद्धवृद्धाहरुका लागिको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी समेत वितरण गरिएको बिजय खनालले बताए । उक्त वृद्धाआश्रममा बिगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर आयोजना गरेर वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार र निशुल्क औषधी बितरण गरिदै आएको खनालले बताए।
रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा बृहत स्वास्थ्य शिबिर
स्वास्थ्यसमाचार/ रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा कोटिहवामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। भैरहवाको सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लिको सहकार्यमा स्वास्थ्य शिविर भएको हो। शिविरमा सिटि हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटि, छाला तथा गुप्त रोग, मृगौला रोग बिशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।शिविरमा २५० बढीले स्वाथ्य परिक्षण गराएको क्लवका अध्यक्ष पुजन बस्यालले जानकारी दिए। शिबिरमा बालबालिका देखि बृद्धबृद्धासम्मले स्वास्थ्य परिक्षण गराएका थिए। शिविर उद्घाटन गर्दै सिटि हस्पिटलका अध्यक्ष एवं मृगौला रोग बिशेषज्ञ डा. सुवोधकुमार पाण्डेले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे।…
लुम्बिनी प्रदेश बजेटः स्वास्थ्यलाई विशेष प्राथमिकता के–के छन स्वास्थ्य क्षेत्रका योजना ?
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ। संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि लुम्बिनी प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गरे। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार लुम्बिनी प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो अहिले प्रदेश सरकारको अन्तिम बजेट पनि हो। यही वर्ष मंसिर भित्र प्रदेश सभाको निर्वाचन भएर प्रदेशहरूमा नयाँ सरकार बन्नेछ।लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही सुधारका योजना अघि सारेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् स्वास्थ्य क्षेत्र सुधारमा लुम्बिनी सरकारले केही…
वैज्ञानिक भन्छन् – मलाशयको क्यान्सर निको पार्ने औषधि पत्ता लाग्यो
एजेन्सी /अब क्यान्सर निको हुने भएको छ । चिकित्सा विज्ञानले यस्तो औषधिको परीक्षण गरेको छ जसबाट बिरामीले क्यान्सरबाट छुटकारा पाउने भएका छन् । रेक्टल अर्थात् मलद्धार क्यान्सरको उपचारकालागि शुरुवातको परीक्षण सफल भएको छ । सो परीक्षणमा सहभागी भएका १८ जना बिरामीहरु नै क्यान्सरमुक्त भएका छन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार एक सानो क्लिनिकल परीक्षणमा १८ जना बिरामीहरुले करिब ६ महिनासम्म डोस्टारलिमाब नामको औषधिको प्रयोग गरेका थिए जसबाट उनीहरुले ट्युमर हराएको पाए । डोस्टारलिमाब प्रयोगशालाद्वारा निर्मित अणुहहरु भएको एक औषधि मानिसको शरिरमा सब्सिटिच्युट एन्टिबडिका रुपमा काम गर्दछ । मलद्धार क्यान्सरका…
लुम्बिनी प्रदेशको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो् । निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिषेश क्षेत्रमा राखिएको छ। स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल…
नेपालमा धुमपानको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण २७ हजार १३७ मानिसको मृत्यु हुने गरेको हो जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य…
बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन
स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…