एकै दिन थप ५६८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

स्वास्थ्यसमाचार नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण भएका ४,८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३,५३४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ ।

 

सम्बन्धित शिर्षक :