लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…

कोरोनाको दोस्रो डोज खोप लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले २३ फागुनभन्दा अगाडि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन निर्देशन दिएको छ । विभागले पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । बुधबार व्यवस्थापन महाशाखा टेकु, सातै वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्र लेख्दैं विभागले उक्त निर्देशन दिएको हो । ५ जेठमै बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम आईसीएस…

कपिलवस्तु अस्पतालमा बेथिती: ऐन मिचेर फार्मेसी अधिकृत नियुक्त

-उनी सो नम्बरको आवेदक रहि १६ औं नाम दर्ता परिक्षामा २०७७ माघ ३० गते सहभागी हुन थालेको नेपाल फार्मेसी परिषदको वेबसाईट -कर्मचारीको नियुक्ती प्रक्रियामा लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय लुम्बिनी प्रादेशिक अस्पतालका बिषय बिज्ञ सगै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन सहितका कर्मचारीको सहभागीता -ऐन बिपरितका कार्य गरेको भए सो को खोजी र कारवाहीको प्रक्रियामा प्रशासन नचुक्ने कपिलवस्तुको प्रजिअ दिर्घ नारायण पौडेल । स्वास्थ्यसमाचार /जिल्ला अस्पताल कपिलबस्तुममा ऐन मिचेर फार्मेसी अधिकृत भर्ना गरिएकोे छ । नेपाल फार्मेसी परिषद ऐन २०५७ को व्यवस्था बिपरित ब्याचलर ईन फोर्मेसी गरि नेपाल…

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको ३९ हजार डोज खोप आउने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशको लागि कोभिड १९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप सोमबार आउने भएको छ। भारतले नेपाललाई दिएको १० लाख डोज खोप मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो। खोप कार्यान्वयनको सम्बन्धमा संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकाय हरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो। छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालय का सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरु सहभागी थिए।छलफलका क्रममा काठमाण्डौबाट…

कोरोना भ्याक्सिनबारे जान्न आवश्यक सबै कुरा :खोप आखिर के हो ?

बीबीसी/कोरोना महामारी फैलिन सुरु भएको एक वर्षपछि कयौँ मुलुकमा यसविरुद्धको खोप अभियान थालिएको छ । नेपालमा पनि माघ १४ देखि खोप अभियान सुरु गरिने बताइएको छ ।खोप अभियान सुरु गरिने अवस्थामा पनि कतिपयमा खोप लगाउन हिचकिचाहट र शंका हुने गरेको छ । त्यसै यहाँ कोरोना खोपबारे केही जान्नेपर्ने कुरा प्रस्तुत गरिएको छ । खोप आखिर के हो ? कुनै पनि खोपले तपाईँको शरीरमा प्रवेश गर्ने भाइरससँग लड्ने क्षमता विकास गराउँछ । खोपमा कुनै जीव वा निष्क्रिय  हुन्छ, जसकारण मानिस बिरामी पर्न सक्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई भाइरसको पहिचान गरी…

भारतबाट आज १० लाख डोज कोरोना विरुद्धको खोप आउदै

स्वास्थ्यसमाचार /भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोपको पहिलो खेप आउने भएको छ । काठमान्डौमा नेपाल र भारतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतले नेपाललाई कोरोना विरुद्धको खोपको १० लाख अनुदानमा उपलब्ध गराउने बताएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप…

लुम्बिनी प्रादेशिक अस्पतालमा दम तथा व्रोकाईटीसको निशुल्क उपचार हुने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोगको निशुल्क उपचार हुने भएको छ।उक्त सेवाको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै डा खनालले बिपन्न नागरिककोलागी यो सेवाले राहत दिने बताए।उनले अस्पतालमा यो सेवा सुरुभएपछि ५० हजार बराबरको निशुल्क उपचार पाउने बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल सामाजीक सेवा मार्फत बिभिन्न लक्षित बर्गलाई निशुल्क सेवा दिदै आएको र अब थप यो सेवा सुरु भएपछि राहत हुने बताए । प्रादेशिक अस्पताल सामाजीक सेवा ईकाई प्रमुख नेत्र…

कोरोनाबिरुद्धको खोप नेपालमा विहीबार सम्म आउने

काठमान्डौ ६ माघ नेपालमा कोरोनाबिरुद्धको खोप बिहीबार सम्म आइपुग्ने भएको छ । कोरोना भाइरसको पहिलो केश देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छँदा नेपालमा त्यसविरुद्ध प्रयोग हुने खोप भित्रन लागेको हो । नेपालमा कोरोनाको पहिलो केश देएिको ९ माघमा एक बर्ष पुग्दैछ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप कोभिशिल्ड पर्सी नेपाल आइपुग्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ पहिलो चरणमा आउने खोप भारत सरकारको अनुदानमा आउन लागेको हो ।खोप पर्सी आउँदै छ ।सम्भवत पहिलो लटमा आउने एक लाख भाइल आउँछ होला । मन्त्रालयका एक अधिकारीले भने…

कोरोना खोप कार्यक्रम प्रभावकारी बनाउन कर्मचारी र स्वयंसेविका परिचालन गर्ने

केशवराज पौडेल काठमाडौ, माघ ३ गते । विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ । छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले…

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रम मोदीद्वारा उद्घाटन

नयाँदिल्ली, माघ ३ गते। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारत सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।…