नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालमा ज्ञवाली चयन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रादेशिक अस्पतालको इकाई समिती चयन भएको छ। नेपाल स्वास्थ कर्मीसंघ केन्द्रिय उपमहासचिव नेत्र बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको भेला तथा अधिवेशनले भिम ज्ञवालीलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा गीता ज्ञवाली, सागर गौतम, सरिता नेपाल, लता श्रेष्ठ, सचिवमा शिव कुंवर सहसचिवमा माधुरी ज्ञवाली, किरण कुमार शर्मा, सर्मिला ज्ञवाली, कोषाध्यक्षमा कमला राना र सदस्यहरुमा तुल्सा बस्नेत, सृष्टि कोईराला, रमेश न्यौपाने, कृष्ण कार्की, शान्ति थापा, सिरुता कार्की, हिरा घिमिरे, जिन्ता राना, वावुराम राना, कविता थापा, लक्ष्मी गैरे, भगवती पान्डे, बिन्दु पान्डे र गिता पन्थ रहेका छन्। लिलाधर…

लुम्बिनी प्रदेशको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो् । निति कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिषेश क्षेत्रमा राखिएको छ। स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल…

शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोधन गाउँपालिका १२ वर्ष देखि माथिका सम्पूर्ण नागरिकको कोभिड– १९ विरुद्धको पुर्ण खोप सुनिश्चितता घोषणा भएको छ। जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्मा प्रमुख अतिथिले शुद्धोधनलाई पूर्ण खोप सुनिश्चितता घोषणा समारोह सम्पन्न गरेकोमा धन्यवाद दिदै हाल सम्मको रुपन्देहीमा यो सातौं पालिका हो जसले पूर्ण खोप पालिका बनाएको बताए।अबको नवनिर्वाचित हरु लाई स्वास्थ्य कार्यक्रममा एउटा चुनौती थपिएको बताए । गाउँ पालिका भित्र रहेको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ सैया अस्पताल छिटोभन्दा छिटो बनाई सेवासुविधा उपलब्ध गराउन पर्नेमा जोड दिए। शुद्धोधन गाउँ पालिका लाई…

स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र राज्यमन्त्रीमा हिरा केसी सिफारिस

स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङलाई नियुक्त गर्ने तयारी भइरहेको छ। एकीकृत नेकपा समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई मन्त्री बाट फिर्ता बोलाएसगै राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  जसमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर…

गुल्मी अस्पतालमा बिरामीको विवरण अनलाइनबाटै हेर्न सकिने

स्वास्थ्यसमाचार/ जिल्ला अस्पताल गुल्मीले बिरामीको स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको हो । यो सुविधाले रोगको निदान र उपचारको गुणस्तर बढाउने अस्पतालले जनाएको छ । यससँगै अस्पतालले स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु समेत कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आवद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर…

नेपालमा धुमपानको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण २७ हजार १३७ मानिसको मृत्यु हुने गरेको हो जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य…

सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने वताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको वताए । यस्तै बुटवलमा मेडिकल कलेज लाई निमार्ण गरिने छ।

बजेट : स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड विनियोजन

स्वास्थ्यसमाचार /सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो । स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले…

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब

स्वास्थ्यसमाचार/ आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । स्वास्थ्यका विभिन्न महत्वकांक्षी योजनाहरुमा खर्च गर्न स्वास्थ्यतर्फ सरकारले यो बजेट बिनियोजन गरेको हो । अर्थमन्त्री शर्माकाअनुसार स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

मेयर र उपमेयर द्वारा भिम अस्पतालका बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार/  गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खान र उप प्रमुख उमा अधिकारीले बिरामीलाई फलफुल बितरण गरेका छन् । गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित भिम अस्पतालमा गएर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करीव ४० जना बिरामीलाई फफुल बितरण गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खानले आर्थीक समस्याका कारण कोही पनि नेपाली नागरीक स्वास्थ्य उपचारबाट बञ्चित हुन नहुने भन्दै नगरवासीको स्वास्थ्य जिवनकोलागी नगरपालीका गभींर रहेको बताए । सामुदायीक अस्पतालको स्तर बृद्धी गरी सर्वशुलव एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालीका लागी पर्ने उनले बताए । उनले…