युनिभर्सल मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच हात हालाहाल

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग्दै गरेको आन्दोलनले तनाव सृजना भएको छ । एक साताअघि विद्यार्थीहरुले क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिएको आन्दोलनमा उत्रिएपछि कलेजमा विवाद बढ्दै गएको छ । आइतबार आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाइएको भएपनि त्यो विषयमा प्रवेश नै नगरी आफूहरुमाथि प्रहरीले दमन गरेर प्रिन्सिपललाई भगाएको जनाएका छन् । क्याम्पस प्रशासनले भने प्रिन्सिपलले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले आन्दोलन गरेको जनाएको छ । एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ कलेजमै रहेकी प्रिन्सिपल पाठकलाई आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश…

प्रदेश अन्तर्गतका पुराना अस्पतालको संगठन र व्यवस्थापन सर्वे गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप लगायतलाई आधार मानेर गरिएको कर्मचारि व्यवस्थापनले अहिलेको चाँपलाई धान्न नसक्ने देखिएकाले पूनः ओ एण्ड एम सर्वे गर्नुपर्ने भएको मन्त्री खनालले बताउनु भयो । रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पामा भएको छलफलका क्रममा स्वास्थ्य मन्त्री खनालले तिहार पछि प्राविधिकहरु अस्पतालहरुको सँगठन तथा कर्मचारि व्यवस्थापनको काम गर्न अस्पतालहरुमा जाने जानकारी दिनुभएको हो । कतिपय अस्पतालमा सुविधा सम्पन्न अस्पताल भवन र बिरामीको…

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, किन माग्दैछन् प्रिन्सिपलको राजीनामा ?

स्वास्थ्यसमाचार/भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा। डा। लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् । प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ । प्रा। डा। पाठकले आफूहरुलाई अनावश्यक तनाव समेत…

गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. किशोर बन्जाडे नियुक्त

स्वास्थ्यसमाचार /गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर किशोर बन्जाडे नियुक्त हुनुभएको छ। मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर राजेन्द्र जिसी पाल्पा सरुवा भएपछि खाली रहेको उक्त ठाउंमा वरिष्ठ कन्सल्टेन्ट डा किशोर बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेको हो। जिल्ला अस्पताल कपिलवस्तुमा वाट सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट डा बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले गुल्मी सरुवा गरेको छ। डा बञ्जाडेले कपिलवस्तुमा रहंदा जिल्ला अस्पताललाई उत्कृष्ट अस्पताल बनाउनु भएको थियो। वरिष्ठ कन्सल्टेन्ट बन्जाडे सरकारले आफुलाई गुल्मीमा सेवा गर्न पठाएको वताउनु भयो। आफुले सकेसम्म जिल्ला अस्पताल गुल्मीलाई उत्कृष्ट अस्पताल बनाउन प्रयास रहने बन्जाडे को भनाई छ।

तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौं :स्वास्थ्यमन्त्री

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौं कर्मचारीहरुलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको…

The work of renewing the registration of private hospitals will start soon: Health Minister Khanal

Health News/Lumbini Province Health Minister Raju Khanal said that the work of renewing the registration of private hospitals in the province will start soon. Inaugurating free treatment services for Indian soldiers and ex-servicemen and their families at Edmond City Hospital in Butwal under the Government of India’s Bhupu Sainik Contribution Health Service Scheme, Health Minister Khanal said that the renovation work will start now, saying that the health-related law is in the process of being made into regulations. Minister Khanal said that before renovation, the relevant hospital will be monitored…

अपाङ्गता भएकाहरुको पहुँच बाहिर सरकारी भवन र अस्पताल

बुटवल १८ की रम्भादेवी थारु ९५५० २०३६ सालमा रुखबाट लडिन् । उनका हात खुट्टा नचल्ने भए । उनी ०७८ माघको अन्तिम साता ह्वीलचेयरमा बुटवल उपमहानगरपालिकाको कार्यालय पुगेकी थिइन् । तर कार्यालयको भवनमा ह्वीलचेयर लान असजिलो भएकाले उनलाई सकस प¥यो । त्यसले गर्दा उनी उपमहानगरपालिकाको कार्यालय नजाने अड्डी कसेर बसेकी छन् । अपाङ्गता परिचय पत्रमा रम्भा हुनुपर्नेमा अन्यथा भएकाले त्यसलाई सच्याउन छोरी सुनिताको सहायतामा ह्वीलचेयरमा बसेर रम्भादेवी उपमहानगरपालिकाको कार्यालयमा पुगेकी थिइन् । गेटबाट भित्र छिर्ने वित्तिकै उनी कार्यालयभित्र कसरी पस्ने भनेर अलमलिइन् किनभने ह्वीलचेयर भित्र लैजानका लागि ¥याम्प उनले देखिनन् ।…

भैरहवाका ठूला मिठाइ पसलमा उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका  मिठाइ पसलहरुमा अनुगमन गरेको छ । अनुगमन टोलीले नगरमा रहेको पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखनभोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो । अनुगमन गरिएकोमध्ये नन्दन स्विट्सबाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट कारवाही गरी सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाएको अखाद्य ४० लिटर तेल नष्ट गरेको हो । तेलमा एकपटक कुनै सामग्री तारेपछि पटकपटक सोही तेलमा अन्य…

एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नं. १३ जितगढीमा रहेको एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ नेपालका बिच ईसिएचएस कार्यक्रम संचालनमा सम्झौंता भएको छ । हस्पिटलका अध्यक्ष प्रकाश राना र महासंघका सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाका बिचमा आईतबार ११ बुदे सम्झदारी पत्रमा हस्ताक्षर भएको हो । भारतीय सेनाबाट अवकास प्राप्त गरेका भूपु सैनिक र उनिहरुको आश्रीत परिवारलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित हस्पिटल र महासंघका बिचमा सम्झौंता गरिएको सहअध्यक्ष थापाले जानकारी दिनुभयो । भूपु सैनिक र परिवारले घाईते वा बिरामी भए उपचार गराउनको लागि एडमण्ड सीटी हस्पिटल…

राप्तीमा दुई पटक विज्ञापन गर्दा पनि आएनन् मेडिकल अफिसर

स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शै्याबनाउनका लागि प्र्देश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै…