एकै दिन थपिए ९ सय १५ कोरोना संक्रमित, संक्रमणदर १५ प्रतिशत पुग्यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २ जनामा परीक्षण गर्दा ९ सय १५ जनामा संक्रमण देखिएको हो।

३ हजार ९१ पीसीआर परीक्षण गरिएकोमध्ये ५९० जनामा र २ हजार ९११ एन्टीजेन वरीक्षण गरिएकोमा ३२५ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ।

त्यस्तै, सोही अवधिमा ३ सय १ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ रहेको छ।आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४२२ जना रहेका छन्। जसमध्ये ललितपुरका ५३ जना, भक्तपुरका ३२ र काठमाडौंका ३३७ जना रहेका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक :