सरुवा बढुवा र प्रलोभन लिएर मकहाँ नआउनु : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै “लाइफ लाईन” रहेको बताएका छन् ।लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफ लाइन भएको उनले बताए । अस्पताल विकास समितिले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सारुले अस्पतालको सेवामा पारदर्शीता अपनाउन र गुणस्तरीय सेवा प्रदानका लागि सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरे । “म मन्त्री रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने छु, यदि राम्रो गर्न सकिन भने नराम्रो मबाट कुनै हालतमा हुने छैन”–अस्पतालका स्वास्थ्यकर्मी सामु उनले भने । मन्त्री सारुले सरुवा बढुवा र प्रलोभनमा…

विश्व स्तनपान सप्ताह :आम्दाअस्पतालमा स्तनपान सम्बन्धी सचेतना

स्वास्थ्यसमाचार/आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालद्वारा स्तनपान सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन भएको छ । विश्व स्तनपान सप्ताह कार्यक्रम २०८१ को अवसरमास्तनपान समानता: सबैको सहयोग र सहभागिता भन्ने नारासँगै स्तनपान सप्ताह कार्यक्रम विश्वभर मनाइएको छ । उक्त नारालाई सार्थक बनाउन सोमबार आम्दा अस्पतालको आयोजनामा अस्पतालमा सेवालिइरहेका सुत्केरी आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्वबारे सचेतगराइएको हो ।कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद पराजुलीले विश्वस्तनपान सप्ताहबारे जानकारी गराउँदै यसको महत्व , आवश्यकता र उद्देश्यबारे प्रकाशपारेका थिए । कार्यक्रममा बोल्दै उनले आमा र बच्चाको स्तन पानमा परिवारका सदस्यकोसहयोग महत्वपूर्ण रहने भएकाले अस्पताल…

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा प्रदेश निजामती एन र नियामाबली आईसकेपछि स्वास्थ्य मन्त्रालयले पहिलो पटक छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि गरिएको छ। स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा सुचना अधिकृत शैलेन्द्र पाण्डेका अनुसार स्तर बृद्धिको लागी ६४ जनाको निवेदन दर्ता भएको र ३१ जनाको स्तरवृद्धि भएको बताउनु भयो। उहाँका अनुसार आठौँ तहमा ४ जना सातौ तहमा १२ जना र छैठौं तहमा १५ जना को स्तरवृद्धि भएको बताउनु भयो। प्रदेश निजामती एन र नियामाबली नआउँदा सम्म यो स्तरवृद्धि संघिय सरकारबाट हुँदैआएको थियो। स्तरवृद्धि भएकाहरुको नामाबली यस प्रकार रहेको छ।

प्युठानको गौमुखी गाउँपालिकामा एउटै परिवार तीन जनामा हैजा सङ्क्रमण

स्वास्थ्यसमाचार/प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने ।गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सैनामैनामा बन्यो नगर अस्पताल, साउन २७ वाट सेवा सुरु

स्वास्थ्यसमाचार/सैनामैना नगरपालिका नगर कार्यपालिका वडा नम्बर ४ मा मुर्गिया बजारमा निर्माण भएको नयाँ भवनबाट सेवा दिने भएको छ । पर्रोहा स्वास्थ्य चौकी साविकको स्थानबाट नगर अस्पतालको नव निर्मित भवनमा स्थानान्तरण हुने भएको हो ।जसको लागि साउन २४ र २५ गते पर्रोहा स्वास्थ्य चौकी बाट संचालन हुने २४ घण्टे प्रसुति सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहने समेत गरिने भएको छ । साथै साउन २७ गते देखि सैनामैना नगर अस्पतालबाट नियमित रुपमा सेवा संचालन हुने सैनामैना नगरपालिका स्वाथ्य शाखा जनस्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी दिए ।बर्थिङ सेन्टर बाट संचालन हुने २४ घण्टे…

बुटवलको आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी

स्वास्थ्यसमाचार/बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ।इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको हो। जसका लागि बुटवलमा रहेको स्थानीय व्यवस्थापन समिति र आम्दा नेपालले निर्णय गरिसकेका छन्। २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेशनलको सभाले अनुमोदन गरेपछि बुटवलमा आम्दा इन्टरनेशनल मेडिकल कलेज बन्ने प्रक्रिया शुरु हुनेछ। आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरु सुगानामीको उपस्थितिमा बुधबार बसेको बैठकले…

काठमाडौँ,ललितपुर र कैलालीमा हैजाका २०जना संक्रमित फेला: स्वास्थ्यमन्त्रालय

स्वास्थ्यसमाचार/वर्षा लागेसंगै हरेक वर्ष जस्तै देखिने हैजाको संक्रमण यसपटक पनि देखिएको छ । साउन यताको दुई सातामा काठमाडौँ, ललितपुर कैलालीमा गरी कुल २० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसपटक सबैभन्दा सुरुमा ललितपुरको गोदावरी, त्यसपछि कैलालीको धनगढी र पछिल्लो पटक काठमाडौँको कालिमाटी क्षेत्रमा हैजा देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो दुई सातामा देशका तीन जिल्लामा देखा परेको हैजाबाट संक्रमितको संख्या २० पुगेको पुष्टि गरे । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले ललितपुरको गोदावरी क्षेत्रमा १० जना र…

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता

स्वास्थ्यसमाचार/एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्। महासचिव पोखरेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा जनार्दन पन्थिले स्वागत गर्दै प्रतिष्ठानको सेवा बिस्तार, एमबीबीएसको तयारीको बारेमा जानकारी दिए। सो अवसरमा महासचिव पोखरेलले अस्पतालको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

ए.एच.एफ नेपाल एचआईभीको उपचारमा थप प्रतिबद्धता

स्वास्थ्यसमाचार / विश्वका ४६ राष्ट्रमा फैलिएको ए एच एफ को एचआईभी परिक्षण तथा उपचारमा अहिले सम्म २० लाख बढीको उपचार गर्न सफल भएको छ।आज लुम्बिनी प्रादेशिक अस्पतालको एआरटी शाखामा आयोजना गरिएको बिषेश कार्यक्रममा उक्त कुरा बताईएको हो। कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.ईन्द्र ढकालले विश्वका ४६ देशमा फैलिएको यो एएचफफ ले लुम्बिनीका एचआईभी संक्रमित हरुको परिक्षण र उपचारमा महत्वपुर्ण योगदान गरेको बताउनु भयो। उहाले हाल नेपालमै काठमाण्डौ पछि बुटबलमा धेरै बिरामिहरु उपचार मा आबद्द रहेको बताउनु भयो।डा. ढकालले आगामी दिनमा पनि ए एच एफ नेपालले दिने सेवालाई थप परिस्कृत बनाउदै…

बिरामीलाई विश्वास दिलाउन डाक्टर छोरीले गरिन् आफ्नै आमाको शल्यक्रिया

स्वास्थ्यसमाचार/तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्। बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा। रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन्। डा.प्रमिला र डा. रोशन दिदी–भाइ हुन्। ‘काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होइन, हामीले हाम्रो ठाउँको अस्पताललाई किन विश्वास नगर्ने रु,’ डा. प्रमिलाले भनिन्, ‘यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया…