लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…

आँखा पाक्ने समस्याः लक्षण र बच्ने उपाय

स्वास्थ्यसमाचार/बच्चामा आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ। आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ। भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिन्छ। आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन ( ब्याक्टेरिया र भाइरस ) ले एलर्जी र आँखामा केमिकल परेर। तर, वर्षातको समयमा बच्चाको आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ। आँखा पाक्दा अत्यधिक पीडा हुन्छ। यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ। ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ। भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ। ब्याक्टेरिया…

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

स्वास्थ समाचार /रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ । तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो । बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको सयुक्तआयोजनामा भएको शिबिरमा महिला र बालबालिका गरि ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ । ॐ अस्पतालकी सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा र बालरोग बिशेषज्ञ डा अनिल खनालले स्वास्थ्य जाँच…

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको…

स्थानिय स्तरमै विशेषज्ञ उपचार सेवा पु¥याउन प्रदेश सरकार प्रतिबद्धः स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि बिशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने निती लिएको बताउनु भयो । यस्का लागी चालु आर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानिय तहलाई…

तिलोत्तमामा विद्यालय वरिपरी सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालय आसपास र सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गर्यो भने बिहीबार हरेक शुक्रबार विद्यालय जाने बालबालिकाले किताब बोक्नु नपर्ने निर्णय गरेको छ । सार्वजनिक स्थल वरपर सूर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन गरेको भेटिए कारबाही गरिने निर्णय भएपछि यसको पक्षमा आवाज उठाइरहेकाहरु उत्साहित भएका छन् । नगर प्रमुख रामकृष्ण खाँणले शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशालालगायत सार्वजनिक स्थल आसपासमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको बताए । ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने…

डेँगी तथा मौसमजन्य रोग फैलन सक्ने भएको तयारी रहन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले डेँगी लगायत मौसमजन्य रोग फैलन सक्ने भएको तयारी अबस्थामा रहन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएका छन। स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्ष २०७९/८० को प्रगती समिक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफल मन्त्री खनालले स्वास्थ्य निर्देशनालय तथा त्यसका मातहतका सबै संस्थालाई निर्देशन दिएका हुन। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आबश्यक निर्देशिकारकार्यविधि साउन महिनाभित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशनसमेत दिए । चालु…

लुम्बिनी प्रदेशमा आँखाको नानी निशुल्क प्रत्यारोपण गरिने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताउनु भयो । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य…

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘समायोजन र मिलान भएका कर्मचारी फिर्ता गर्ने कानुनी आधार छैन’

  स्वास्थ समाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई  साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ। सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ। समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको  निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।

गुल्मीको छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

स्वास्थ्य समाचार /गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले छत्रकोट गाउँपालिकालाइ पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै सडक,भवन,पुल जस्ता पुर्वाधार विकासलाइ मात्र विकास ठान्ने प्रवृत्ति बाट माथि उठि सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । सडक,शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँच बिना अन्य विकासले मात्र समृद्ध समाजको परिकल्पना पनि गर्न नसकिने बताउदै समन्वय प्रमुख खत्रीले ‘निकै मेहनतका साथ छत्रकोटले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ,यसलाई दीगो रूपमा कायम राख्न आग्रह गर्नुभयो । राज्यले लगानी गरेको हरेक…