स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोग (परिक्षा निर्देशालय) ले २०८२ सालको स्नातक तह प्रवेश परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले एमबीबीएस, बिडिएस, बीएससी नर्सिङ, मिडवाइफरी, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएमएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बीएससी रेडियोथेरापी टेक्नोलोजी, बीपीटी, बीफार्म, बी अप्टोमेट्री तथा बीपीएच कार्यक्रमका लागि परीक्षा मिति तय गरेको हो।
प्रकाशित तालिकाअनुसार एमबीबीएस प्रवेश परीक्षा २०८२/०६/१४ गते, बिडिएस प्रवेश परीक्षा २०८२/०६/१५ गते, बीएससी नर्सिङ/मिडवाइफरी लगायतका कार्यक्रम २०८२/०६/१६ गते, बीएएमएस, बीएनएस, बीएमएस, बीएससी एमएलटी, रेडियोथेरापी टेक्नोलोजी तथा अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम २०८२/०६/१७ गते र बीपीएच २०८२/०६/१८ गते तोकिएको छ।
परीक्षा समय बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म हुनेछ। परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र हुने उल्लेख छ। आवेदन फाराम स्वीकृत भएका उम्मेदवारहरूले आयोगको वेबसाइट (https://entrance.mec.gov.np) मा लगइन गरी प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारले परीक्षा दिन जाँदा आधिकारिक परिचयपत्र (नागरिकता वा अन्य मान्य कागजात) तथा फोटोसहितको प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
यस्तो छ सुचना ।
प्रतिकया दिनुहोस्