युवाहरुले दले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो

स्वास्थ्यसमाचार/मेडिकल व्यवसायी   दुर्गा प्रसाईँलाई राजधानीको एक होटेलमा केही युवाले कालो मोसो दलेका छन्। कान्तीपथस्थित होटेल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरिरहेका बेला केही युवाहरूले कालो मोसो दलेका हुन। प्रहरीले उनलाई कालो मोसो दल्ने समूह र तीनका सदस्यहरूको खोजी गरिरहेको जनाएको छ। प्रसाईँले पछिल्ला दिनमा केही व्यापारिक समूह, राजनीतिक दल र तीनका नेताहरूको आलोचना गर्दै आएका छन्। उनले गरेका आलोचना सामाजिक सञ्जालहरूमा सुन्न र देख्न पाइन्छ। प्रसाईँले बैङ्क, सहकारी संस्था, लघुवित्तहरूको चर्को ब्याज नियन्त्रण, बैङ्किङ ऋण र व्याज मिनाहा जस्ता अभियान लिएर देशभर कार्यक्रम गरिरहेका छन्। यी बाहेक उनले राजनीतिक एजेन्डामा पनि…

इजरायलमा १० नेपालीको मृत्यु: भोलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत

स्वास्थ्यसमाचार/इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को विशेष बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।त्यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान…

अपाङ्गता भएकाहरुको पहुँच बाहिर सरकारी भवन र अस्पताल

बुटवल १८ की रम्भादेवी थारु ९५५० २०३६ सालमा रुखबाट लडिन् । उनका हात खुट्टा नचल्ने भए । उनी ०७८ माघको अन्तिम साता ह्वीलचेयरमा बुटवल उपमहानगरपालिकाको कार्यालय पुगेकी थिइन् । तर कार्यालयको भवनमा ह्वीलचेयर लान असजिलो भएकाले उनलाई सकस प¥यो । त्यसले गर्दा उनी उपमहानगरपालिकाको कार्यालय नजाने अड्डी कसेर बसेकी छन् । अपाङ्गता परिचय पत्रमा रम्भा हुनुपर्नेमा अन्यथा भएकाले त्यसलाई सच्याउन छोरी सुनिताको सहायतामा ह्वीलचेयरमा बसेर रम्भादेवी उपमहानगरपालिकाको कार्यालयमा पुगेकी थिइन् । गेटबाट भित्र छिर्ने वित्तिकै उनी कार्यालयभित्र कसरी पस्ने भनेर अलमलिइन् किनभने ह्वीलचेयर भित्र लैजानका लागि ¥याम्प उनले देखिनन् ।…

भैरहवाका ठूला मिठाइ पसलमा उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका  मिठाइ पसलहरुमा अनुगमन गरेको छ । अनुगमन टोलीले नगरमा रहेको पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखनभोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो । अनुगमन गरिएकोमध्ये नन्दन स्विट्सबाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट कारवाही गरी सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाएको अखाद्य ४० लिटर तेल नष्ट गरेको हो । तेलमा एकपटक कुनै सामग्री तारेपछि पटकपटक सोही तेलमा अन्य…

हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु

स्वास्थ्यसमाचार/प्यालेष्टाइनको कट्टरपन्थी समूह हमासले हिजो इजरायलमाथि गरेको आक्रमणमा परि कम्तीमा १० जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेहरुमा सबै विद्यार्थीहरु हुन् । उनीहरु इजरायलको सेदोत नेगेभको किवुज अलमलिनु क्षेत्रमा रहेका थिए । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । उनले यसको जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको बताइन । ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्ना एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरु सुदूरपश्चिम…

एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नं. १३ जितगढीमा रहेको एडमण्ड सीटी हस्पिटल र संयुक्त भुपु सैनिक एवं प्रहरी कल्याण महासंघ नेपालका बिच ईसिएचएस कार्यक्रम संचालनमा सम्झौंता भएको छ । हस्पिटलका अध्यक्ष प्रकाश राना र महासंघका सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाका बिचमा आईतबार ११ बुदे सम्झदारी पत्रमा हस्ताक्षर भएको हो । भारतीय सेनाबाट अवकास प्राप्त गरेका भूपु सैनिक र उनिहरुको आश्रीत परिवारलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित हस्पिटल र महासंघका बिचमा सम्झौंता गरिएको सहअध्यक्ष थापाले जानकारी दिनुभयो । भूपु सैनिक र परिवारले घाईते वा बिरामी भए उपचार गराउनको लागि एडमण्ड सीटी हस्पिटल…

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

स्वास्थ्यसमाचार/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाही लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा ुएन्टिभेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सर्पदंश विरूद्धको खोप उत्पादन तथा रिसर्च सेन्टर स्थापना गर्ने कार्यका लागि छुट्याइएको…

राप्तीमा दुई पटक विज्ञापन गर्दा पनि आएनन् मेडिकल अफिसर

स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शै्याबनाउनका लागि प्र्देश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै…

नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम महत्त्वपूर्ण :संघीय सांसद थापा

स्वास्थ्यसमाचार/ प्रतिनिधि शभा सदस्य सुर्य थापाले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको घरदैलो भित्र पुर्याउन सकेमात्र स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई स्वास्थ्यको पहुँचमा जोड्न सकिने बताए । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंको आयोजनामा शनिवार प्युठानमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै सांसद थापाले स्वास्थ्य बीमामा जनतालाई जोडेर लैजान स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताए । जनतासंगको निकट्ता पालिका वडा कार्यालयनै हुन ।…

इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर: परराष्ट्र मन्त्रालय

स्वास्थ्यसमाचार/इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ