तिलोत्तमाका स्वास्थ्यकर्मीले छ महिनादेखि पाएनन् तलबभत्ता

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले छ महिनायता तलबभत्ता पाएका छैनन् । मंसिरको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु गरेका छन। स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए । तत्कालीन स्वास्थ्यमन्त्री…

डा.बुद्धबहादुर थापा लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

स्वास्थ्यसमाचार /डाक्टर बुद्धबहादुर थापा क्षेत्री लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिबक्तामा वरिष्ठ अधिवक्ता सिफरिस हुनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (सोमबार) थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सिफारिस गर्नु भएको हो । थापा हाल बुटवल उपमहानगरपालिका ९ मा बस्नु हुन्छ । नेपालको सविधानको धारा १६० को उपधारा २ बमोजिम थापालाई सिफरिस गरिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्रको हातेमालो गर्न तयार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधहरु संगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजुले विगतका दिनहरुमा पनि बुटवल उद्योग बाणिज्य संघले प्रशुती गृह निर्माण सहितका विभिन्न भौतिक पुर्वाधार निर्माणमा काम गरेको भन्दै आगामी दिनमा भौतिक, नैतिक सहकार्यका लागि बुटवल उद्योग बाणिज्य…

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए ।  त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।  

एचआइभी चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धि प्रदेश स्तरिय गोष्ठी सम्पन्न

एचआईभीस्वास्थ्यसमाचार/लक्षित  समूहद्वारा अनुभव गरिएका चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धित प्रमाणमा आधारित वकालत विषयक प्रदेश स्तरिय कार्यगोष्ठी सम्पन्न भएको छ। आशा ज्योति सेवा समुहको आयोजना सेभ द चिल्ड्रेन,ग्लोबल फन्ड को आर्थिक सहयोग तथा एनपीएन लुम्बिनीको समन्यनमा कार्यक्रम भएको हो। उक्त प्रदेश स्तरिय कार्यगोष्ठीमा बोल्दै एनपीएन लुम्बिनीका प्रदेश संयोजक अर्जुन ज्ञाबलीले कार्यक्रमको बारे जानकारी गराउदै लुम्बिनी प्रदेशले स्वास्थ्य निति बनाउदा समेत एचआई नसमेटेको बताउनु भयो। उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा एआरटी सेन्टर र सवगृह एकै ठाउँमा भएकोले अनेत्र ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो। संस्थाले संक्रमितिको उपचार तथा अन्य शिक्षा पोषणमा पनि यस…

गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था युक्त घोषणा

राम कृष्ण कंडेल स्वास्थ्यसमाचार/  नेपालमा पहिलो पटक २०८० साल जेष्ठ ६ गते गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ भब्य कार्यक्रमका विच पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्विनि प्रदेशका प्रदेश साम्सद माननिय धनेन्द्र कार्कीले भब्य कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।प्रमुख अतिथि कार्कीले कार्यक्रममा बोल्दै यस घोषणालाइ दिगो बनाइराख्न र पोषणमैत्रि स्थानिय सासन संचालन तर्फ उन्मुख गाउपालिकालाइ गराउन आफ्नो तर्फबाट सदैव सहयोग रहने बताउनुभयो…

नीति तथा कार्यक्रम : स्वास्थ्यका १४ वटा कार्यक्रम मध्ये ९ वटा नयाँ

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ। राष्ट्रिपति रामचन्द्र पौडेलेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभयो। यससम्बन्धी विधेयक संसद्को यसै अधिवेशनमा पेश गरिने उहाँले जानकारी दिनुभयो। एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लखे छ। साथै प्रदेश र क्षेत्रीय अस्पतालको स्तरोन्नति गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने उल्लेख गरिएको छ। साथै, व्यक्तिको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पुर्‍याउन योग र ध्यान विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी पठन–पाठन…

आधारभूत अस्पतालमा ५ जना चिकित्सकसहितका जनशक्तिबाट सेवा दिईने

स्वास्थ्यसमाचार/सरकारले आधारभूत अस्पतालहरुमा एक एमडिजिपी चिकित्सक, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।त्यसका लागि आधारभूत अस्पतालमा प्रयोगशालाका लागि उपकरण तथा सामग्री एक्सरे, अल्ट्रासाउण्ड, इको र इसिजि लगायतका डाइग्नोस्टिक उपकरण, अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने सरकारको नीति छ। आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा…

सरकारी अस्पतालको ओपिडी विहान ८ देखि बेलुका ८ सम्म अनिवार्य

स्वास्थ्यसमाचार/ सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा यसपटकको नीति तथा कार्यक्रममा पनि समावेस गरेको छ । यो अवधारणा विगतका नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश भएको विषय हो । केही अस्पतालले सो व्यवस्थालाई कार्यान्वयनको प्रयास समेत गरेका थिए । तर त्यसले निरन्तरता पाउन सकेन ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउने क्रममा यसपटक पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सुनिश्चता गरिने बताए । उनले सबै सामुदायिक अस्पतालमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा अनिवार्य गरिने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरे ।…

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिशका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा बुटवललाई अगुवा बनाउनका लागि…