स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्य,महासचिवमा चौहान

स्वास्थ्यसमाचार/ नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा पुनस् प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा ध्रुव थपलिया चितवन, महासचिवमा कृष्ण चौहान क्षेत्री  (  रुपन्देही ), सचिवमा तिर्थराज अवस्थी ( कास्की)   र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)निर्वाचित हुनु भएको छ । त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहनु भएको छ…

निःशुल्क दान गरेको रगतलाई पैसामा बेच्नु गलत :प्रदेश प्रमुख शेरचन

स्वास्थ्यसमाचार/ लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत निस्शुल्क हुनुपर्ने बताउनु भएको छ । उहाँले रगतमा मूल्य लिनु गलत भएको पनि बताउनु भयो । सर्वसाधारणले निस्शुल्क दान गरेको रगत निस्शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयो । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा…

७२ दिनमा ४२ काम गरेर बिदा भए लुम्बिनीका स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ बिष्णु पन्थीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ७२ दिन भएको छ। यो अवधिमा उनले धेरै काम गरेका छन। उनी आलोचनामा भन्दा काममा बढी सक्रियताका साथ लागेका छन। कपिलबस्तुबाट निबाचित पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेको करिब ढाई महिना सम्म मन्त्री बन्ने अबसर पाएका थिए। उनले मन्त्रालय सम्मालेपछि कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरेका छन। त्यस्तै उनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नती लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी…

गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान भएको छ । शुक्रबार खानेपानीको मिटर धारा जडान गरेसँगै खानेपानीको समस्या समाधान भएको हो । अस्पतालको आफ्नै मुहनाको पानी एमाले पार्टी कार्यालयमा लगेपछि केही वर्षदेखि अस्पतालमा खानेपानीको अभाव भएको थियो । खानेपानी समस्या समाधानका लागि निवर्तमान अध्यक्ष भरत पाण्डेयले प्रकृया शुरु गरेका थिए । आफू आउनेवित्तिकै गरेपनि खानीगाउँ खानेपानी समितिको पान नम्बर नभएकोले जडान गर्न नसकिने तत्कालिन लेखापाल र मेसुले बताएको र पछि खानेपानीको जडान शुल्क चर्को भएका कारण ढिलाई भएको उनको भनाई छ । खानेपानी समितिले पान नम्बर लिएको तर जडान शुल्क ५०…

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

स्वास्थ्यसमाचार/भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्।पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका…

देवदहमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यशाला सुरु

स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा देबदह नगरपालिका ओमसतिया र रोहीणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको अध्यक्षता खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको संञ्चालन र अर्काे खोप अधिकृत देबेन्द्र गुरुडको समन्यमा कार्यक्रम सुभारम्भ भएको थियो। ३ दिने कार्यक्रमको उदघाटनमा वोल्दै स्वास्थ्य प्रमुख ढकालले अहिले बनाएका सुस्म योजना ले स्वास्थ्यक्षेत्रमा…

नेपाली नर्स तथा नर्सिङ संस्थालाई ३० हजार डलरको अवार्ड’ खुल्यो

स्वास्थ्यसमाचार/ थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुल्ला भएको छ।प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको हो। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले फाउण्डेसनबाट प्राप्त पत्र अनुसार बैषाख ११ गते एक सुचना जारी गर्दै नर्स तथा नर्सिङ संस्थाहरुलाई ७ दिनभित्र मन्त्रालयको आन्तरिक शाखामा आवेदन दिन भनेको छ। नर्सिङ तथा मिडवाइफरी विषयमा अध्ययन गरेकी थाइल्याण्डकी राजकुमारी सांगभल्यको सम्झनामा सन् २००० अक्टुवर २१ मा श्रीनगरिन्द्र अवार्ड फाउण्डेशनको स्थापना गरिएको थियो। अवार्डको राशी ३० हजार अमेरिकी डलर रहेको छ।

लुम्बिनी प्रदेशमा औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी

स्वास्थ्यसमाचार/ सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.…

स्वास्थ्य मन्त्रालय लुम्बिनीमा डाक्टर, नर्स, सहित ६९ जनालाई जागिरको अवसर

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका (देउखुरी), ले बिभिन्न पदमा चिकित्सक तथा नर्स करारका लागि आवेदन माग गरेको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा, विभिन्न समुह/उपसमूहका सात आठ तह र नवौं तह विशेषज्ञ चिकित्सक को स्वीकृत दरबन्दीमा रहेका रिक्त तपसिलका पदमा लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्विकृत करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९“ बमोजिम अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्न हुन सबैको जानकारीका लागि…

सैनामैनामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण

स्वास्थ्यसमाचार / सैनामैना नगरपालिकामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सैनामैनाको वाँसगढी आधारभुत स्वास्थ्य चौकी सैनामैना नगरपालिका वडा नं १मा तथा बिद्यालयमा सिकल सेल तथा थालसेमिया रोग समन्धि जानकारी दिने उदेश्यले स्थानिय तथा बिद्याथीहरुलाई अभिमुखीकरण गरिएको हो। सैनामैना नगरपालिका वडा नं ८का वडा अध्यक्ष बुद्धिराम चौधरीकोे अध्यक्षता जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद न्यौपाने स्वास्थ्य शाखाका दिपक पान्डेय आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीका प्रमुख बिन्दु अर्याल पत्रकार चन्द्रकान्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल…