पाल्पामा स्क्रब टाइफस संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पामा स्क्रब टाइफस संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा-१ की ११ वर्षीया अस्मिता कुमालको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यो वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित भएको एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा…

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्यमन्त्रालय लुम्बिनी द्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ। मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा गरेको छ ।   हेर्नुहोस सरुवा

स्वर्णप्राशन कार्यक्रम:आयुर्वेद चिकित्सालय दाङबाट सुरु देशभर विस्तार

स्वास्थयसमाचार / बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत पु¥याउने स्वर्णप्राशन कार्यक्रम नेपालभरि विस्तार गरिएको छ।लुम्बिनी प्रदेशको दाडवाट ७९ असोज २९ गते ७८ जना बालबालिकाबाट सुरु भएको हो। हालसम्म ४२ हजार बालबालिका यो स्वर्णप्राशन लाभान्वित भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले वताउनु भयो ।प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा आज ७ हजारभन्दा बढी बालबालिकालाई सुन मिसाइएको औषधि खुवाइएको डा श्रीवास्तवले बताउनु भयो। आयुर्वेद शास्त्रमा यस औषधिले रोगसँग लड्ने क्षमता, बौद्धिक विकास र पाचन शक्ति वृद्धि हुने उल्लेख गरेको उहाले बताउनु भयो । निर्देशक डा. सन्तोष कुमार ठाकुरको पहलमा लुम्बिनी प्रदेश स्वास्थ्य…

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनु भयाे । प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं´उहाँले भन्नुभयाे-`आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु…

स्वास्थ्य मन्त्रालय लुम्बिनीको बेरुजु फर्छ्यौट : ५० लाख रूपैयाँ असुली

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाबाट करिब ५० लाख रूपैयाँ बेरुजु असुली गरेको छ । मन्त्रालयले बेरुजु फर्छ्यौट अभियानमार्फत सञ्चालन गरेर सेवाप्रदायक र सेवाग्राहीसँग ४९ लाख ६१ हजार ६७ रूपैयाँ रकम असुली गरेको हो । बेरुजु संकलन अभियान प्रभावकारी देखिएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । अभियानले प्रदेशभरि स्वास्थ्य सेवाको प्रवाह र समुचित व्यवस्थापनलाई सघाउ पुग्ने उनको विश्वास छ । ‘बेरुजु रकम संकलन गर्न सम्बन्धित स्वास्थ्य संस्था र कार्यालयलाई कडा निर्देशन दिएका छौं । यो अभियानले प्रदेशमा स्वास्थ्य सेवाको पारदर्शीता र दिगो व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिएका…

जापनिज इन्सेफलाइटिस बाट ११ जनाको मृत्यु, ६३ जना सङ्क्रमित

स्वास्थ्यसमाचार/ सन् २०२५ मा जापनिज इन्सेफलाइटिसबाट ११ जनाको निधन भएको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हालसम्म ६३ जनामा जापनिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो । गौतमका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।शाखा प्रमुख डा. गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल…

डेंगीबाट रुपन्देहीमा ८६ वर्षीय वृद्धको मृत्यु, संक्रमितको संख्या १२९

स्वास्थ्यसमाचार / रुपन्देहीमा डेङ्गुवाट एक ८६ वर्षीय वृद्धको मृत्यु भएको छ ।गत साउन ३०गते क्रिमशन अस्पताल मणिग्राममा उपचारत नबलपरासी सुनबलका ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ साहले क्रिमसन अस्पतालमा उपचारत उहाँको निधन भएको वताउनु भयो । उहाले डेङ्गुवाट मृत्यु भएका ८६ वर्षीय वृद्ध दिर्घरोगी समेत भएको बताउनु भयो । साहले जिल्लामा १सय २९ जनामा डेङ्गु संक्रमित भएको बताउनु भयो । डेङ्गु नियन्त्रणका विषयमा स्थानीय तहसँग अन्तरक्रिया भइरहेको र चाँडै नै पालिकामा खोज तथा नष्ट गर्ने (Search & Destroy) अभियान सञ्चालन गर्ने तयारी…

बुधबारदेखि बुटवलमा एक महिने ‘स्वस्थ मुख महाअभियान’ सुरु हुने

स्वास्थ्यसमाचार/ बुटवलमा बुधबारदेखि एक महिने स्वस्थ मुख महाअभियान सुरु हुने भएको छ । यो अभियान आधुनिक समाज विकास फाउण्डेशनको आयोजनामा, आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा तथा लायन्स क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, दारी ग्याङ लगायत क्लबहरूको सहकार्यमा सञ्चालन हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत फाउण्डेशनका अध्यक्ष तथा अभियानकर्ता अमृत भुषालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान थाल्न लागिएको जानकारी दिए । उनका अनुसार रुपन्देहीका १६ पालिकाभित्रका संघ–संस्थाका अगुवाहरुलाई दैनिक रुपमा मुख स्वास्थ्यबारे प्रशिक्षण दिइनेछ, जसलाई उनीहरूले आफ्नै समुदायमा पु–याउने जिम्मेवारी लिनेछन् । ‘हामीले एक महिनामा…

लुम्बिनी प्रादेशिक अस्पतालमा ९५ वर्षीय वृद्धको प्रोष्टेटको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ९५ वर्षीय वृद्ध जितबहादुर गौचनको प्रोष्टेटको सफल शल्यक्रिया गरिएको छ। प्युठान राजभारा–३ निवासी गौचनलाई लामो समयदेखि पिसाब नहुने समस्या रहँदै आएको थियो। परिवारका अनुसार उनलाई सुरुमा पायप (क्याथेटर) लगाएर पिसाब निकाल्ने व्यवस्था गरिएको थियो। तर पायप हटाएपछि पनि आफैं पिसाब नहुने समस्या दोहोरिएपछि शल्यक्रियामात्रै विकल्प रहेको र त्यहि अनुसार गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका बरिष्ठ युरोलोजीष्ट डा. बिरेन्द्र यादवले बताउनु भयो । उहाले गौचनको साउन ३० गते प्रोष्टेट शल्यक्रिया गरिएको वताउनु भयो । शल्यक्रियामा गौचनको ४२ ग्रामको प्रोष्टेट निकालिएको वताउदै “९५ वर्षको उमेरमा यस्ता शल्यक्रिया…

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर र भेन्डिङ मेसिन उद्घाटन

स्वास्थ्यसमाचार/ टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्। मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए। उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरुमा जस्तै राष्ट्रिय जनस्वास्थ्य…