लुम्बिनी प्रदेशमा नवौँ तहका ७ जना कन्सल्टेन्टहरूको बढुवा सिफारिस

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवाका नवौँ तहका रिक्त पदहरूमा कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सूचनामा लुम्बिनी प्रदेश लोक सेवा आयोग, बुटवल द्वारा कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको उल्लेख छ।

बढुवा सिफारिस गरिएकामा कन्सल्टेन्ट पेडियाट्रिसियनमा डा. विपिन खनाल , कन्सल्टेन्ट डर्माटोलोजिष्ट पदमा डा. सपना कर्ण, कन्सल्टेन्ट डेन्टल सर्जन पदमा डा. नारायण पोखरेल, कन्सल्टेन्ट जनरल फिजिसियनमा डा. सुरज पोखरेल, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पदमा डा. आलोक थपलिया र डा. कुशल खनाल रहेका छन ।

त्यसैगरी, मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य प्रशासक र कन्सल्टेन्ट रेडियोलोजिष्ट खालि रहेको उम्मेदवार नभएको सुचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :