रुपन्देहीमा चालु आर्थिक बर्षको ९ महिनामा २२ जना क्षयरोगीको मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा गत आर्थिक वर्षमा एक हजार २ सय भेटिएकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बढेर १ हजार ७ सय जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यस वर्ष पहिचान र उपचारको पहुँचबाट बाहिर भएका कारण कम तथ्यांक देखिएको दावी गर्दै आगामी वर्षमा क्षयरोगका पहिचान गरी २ हजार ७ सय पुर्याउने बताउनुभयो । त्यस्तै जिल्लामा गत वर्ष ०७९/८० मा ५१ जनाले मृत्युवरण…

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।

नेपालको जम्मा भार मध्ये २१ प्रतिशत क्षयरोगीको भार लुम्बिनी प्रदेशमा

स्वास्थ्यसमाचार/नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार त कहिले स्टव टीबी रणनीति बनाएर गर्‍यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालका अनुसार क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठूलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनु भयो । एचएमआइएस/डिएचआइएसको विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष…

औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन

स्वास्थ्यसमाचार/नेपाल औषधि ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अभय कुमार बस्नेत, थोक उपाध्यक्षमा सुदिप खड्का, खुद्रा उपाध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा थानेश्वर ज्ञवाली, सचिवमा ईन्द्र प्रसाद भट्टराई (विष्णु), उप कोषाध्यक्षमा थानेश्वर अर्याल चयन भएका छन् । त्यस्तै थोक सदस्यमा मो. ज्याउल हक हलवाई, विज्ञानध्वज श्रेष्ठ, खुद्रा सदस्य बैकुण्ठ प्रसाद कोइराला, राकेशचन्द्र कुमाल, महिला सदस्य प्रभा भण्डारी, खुल्ला सदस्यमा धर्मराज भट्टराई, नीम कुमार राउत, धन बहादुर केसी, कृष्ण प्रसाद…

प्युठानमा नसर्ने तथा मानसिक रोग बढ्दो छ लगानी बढाउनु आबश्यक छ : हेमराज पाण्डे

जिल्लामा मुख्य स्वाथ्य समस्या के के छन ? प्यूठान जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला मध्येमा पर्दछ । जिल्लाको जनसंख्या २ लाख ३२ हजारको सेरोफेरोमा रहेको छ । बच्चाहहरुमा कुपोषणको समस्या रहेको छ । यसको अलवा जिल्लामा बाल विवाह र किशोर अवस्थामा विवाह गर्ने दर पनि दर उच्च छ । अन्य जिल्लाहरुमा जस्तै नसर्ने रोगहरुको समस्या पनि जिल्लामा छ । जिल्लाले राम्रो कुन कुन क्षेत्रमा गरेको छ । –हामी जिल्लामा खोपको अवस्थामा धेरै सुधार गरेका छौ । संस्थागत सुत्केरी हुने दर पनि राम्रो रहेको छ । हामीकहाँ वार्षिक एक सय देखि…

ग्याष्ट्रो सेन्टर बुटवलमा चार वर्षीय बालकको सफल इण्डोस्कोपी

स्वास्थ्यसमाचार/ग्याष्ट्रो बुटवलमा एक बालकको सफल इन्डोस्कोपी गरिएको छ । कमै मात्रामा बालबालिकाहरूमा गरिने इन्डोस्कोपी ग्याष्ट्रो बुटवलमा पहिलो पटक गरिएको प्रालिका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्यांक्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिनुभयो । डाक्टर भुसाल सहितको डाक्टरको टिमले चार वर्षीय बालकलाई बेहोस बनाएर पेटको इन्डोस्कोपी गरेको हो । पेटमा समस्या देखिनुका साथै बालकले तारन्तार बोमिटिङ गरिरहेको र नरोकिएपछि सिद्धार्थ महिला तथा बाल अस्पतालले इन्डोस्कोपी लागि ग्याष्ट्रो सेन्टरमा पठाएको थियो । सेन्टरमा उपलब्ध डाक्टर भुसाल सहित एनेस्थेसियोलोजिष्ट डाक्टर आनन्द अग्रहरी र डाक्टर सविर श्रेष्ठको टिमले बालकको इन्डोस्कोपी गरेको हो ।…

उत्कृष्ट कार्यसम्पादन रुपन्देही शाखा प्रथम दाङ दोश्रो र तेश्रो बन्यो गुल्मी

स्वास्थ्यसमाचार /नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रदेशमा उत्कृष्ट जिल्ला सम्मान गरिएको छ। उदघाटन कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमश गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो तथा जग्गादाताहरुलाई समेत सम्मान गरिएको संघका अध्यक्ष शिब ज्ञाबलीले बताउनु भयो।

नेपालको औषधी संरचनामा निजी क्षेत्रको योगदान महत्वपुर्ण : महानिर्देशक ढकाल

स्वास्थ्यसमाचार/नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जिवन संग जोडिएको विषय औषधि भएको हुदा यो महत्वपुर्ण विषयका रुपमा लिएर नियगमनलाई प्राथमिकता दिईने गरेको बताए । केवल रेगुलेसन गरेर गुणस्तर नबढ्ने तर्क गर्दै यो एउटा प्रक्रियाको रुपमा रहेको बताए । असल अभ्यासको कमी उत्पादन कम्पनी, बिक्रीवितरण गर्नेसम्म रहेको भन्दै अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नु गलत भएको उनले बताए । नेपालको औषधी संरचनामा नीजि क्षेत्रको योगदान छ ।…

पोषणमा सुधार ल्याउन गुल्मीमा किसानलाई कुखुरा वितरण

स्वास्थ्यसमाचार/गुल्मीमा पोषणमा सुधार ल्याउन किसानलाई कुखुरा वितरण गरिएको छ । ग्रामीण क्षेत्रमा बसेका पोषणको पूर्ति नभएका किसानलाई समूहगत रुपमा स्थानीय जातका कुखुरा वितरण गरिएको बताइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रको अनुदान सहयोगमा पोषण सुधारका लागि कुखुरा वितरण कार्यक्रम अन्तर्गत यस जिल्लाका चार समूहका १०० जना किसानलाई पाँच हजार स्थानीय जातका कुखुरा वितरण गर्न लागिएको हो । प्रत्येक समूहका २५ जनालाई जनही ५० वटाका दरले भाले पोथी मिलाएर ६ हप्ता पालेर निरोगी भएका कुखुरा वितरण गर्न लागिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका-७, भुजेल खर्कको कालिका…

सियारीलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकाले पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणाको तयारीमा जुटेको छ ।पालिकाले यसै आर्थिक बर्ष भित्र पुर्ण संस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखीकरण समेत शुरु गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थय निर्देशनालयले तयार गरेको पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार काम अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।उनले सियारीलाई यसै आर्थिक बर्ष भित्रै पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीय तह घोषणा गर्न लागिएको बताए । स्वास्थ्य मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका…