स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बा आमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ। बुटवल ६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको शुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए। उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए। कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभई बा आमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने…
समाचार
लुम्बिनी प्रदेशमा आयुर्वेद स्वास्थ्य संस्थाहरुमा पहिलो पटक न्युनतम सेवा मापदण्ड सुरु
स्वास्थ्यसमाचार/ पहिलो पटक लुम्बिनी प्रदेशमा आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सेवा सुरु गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी आयुर्वेद चिकित्सालयमा सेवा सुरु गरिएको हो। संघीयता कार्यान्वयनपछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक यस खालको कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय आयुर्वेद शाखाका कबिराज निरिक्षण गणेश सापकोटाले बताउनु भयो। उहाले भन्नुभयो– आयुर्वेदमा पनि न्युनतम सेवा मापदण्ड मापन सुरु गरिएको र यो नेपालमै पहिलो भएको बताउनु भयो। यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अवस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नुपर्ने सेवा लगायतका विषयमा जानकारी हुने वताउनु भयो…
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निःसन्तान उपचार सेवा सुरु
स्वास्थ्यसमाचार/ प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निःसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा बिहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दति पहिलो भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले वताउनु भयो।रुपन्देहीको सैनामैना निबासी ३१ वर्षीया महिलामा आइयुआई प्रविधि प्रयोग गरि सेवा शुभारम्भ गरिएको हो । विगत १ महिनादेखि उपचार गराइरहेकी ती महिलाको औषधी सेवन तथा उपचार पद्दतिबाट सन्तान प्राप्ति नहुने भएपछि आइयुआई पद्दति प्रयोग गरिएको हो ।अस्पतालमा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बबिता थापाको नेतृत्वमा नयाँ…
बुटबल हस्पिटलले माग्यो चिकित्सक, नर्ससहित ठूलो संख्यामा कर्मचारी
स्वास्थ्यसमाचार/ बुटबल हस्पिटल प्रालिले आफनो सेवा बिस्तारका लागी ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालको नयाँ भबनमा सेवा बिस्तारका लागी थप स्वास्थ्यकर्मीहरु माग गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले आज सूचना प्रकाशन गरी करारमा नियुत्तिका कर्मचारी माग गरेको हो। मेडिकल अधिकृत देखी स्टाफ नर्स अहेब र अनमी , रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट ईन्जिनियर प्रशासन कर्मचारी गरी ठुलो संख्यामा कर्मचारीका लागी आवेदन खुल्ला गरिएको अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले बताउन भयो। बुटबलको अस्पताल लाईनमा अहिले सञ्चालन रहेको अस्पताल अब सुबिधा सम्पन्न भबनमा सेवा बिस्तार…
बालबालिकामा हुने क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने बताए । उनले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि…
पाल्पामा धारिलो हतियारले हानेर युवतीको हत्या, घटनास्थलमा प्रहरी
स्वास्थ्यसमाचार/पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले रिब्दीकोट गाउँपालिका– १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जानकारी दिएका हुन। घटना मंगलबार दिउँसो ४ बजे भएको हुन सक्ने अनुमान गरिएको छ। उनले घटनाबारे बुधबार बिहानैदेखि स्थलगत अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामी हिजो राती मात्र घटनास्थलमा आइपुगेका छौँ, घटनास्थलमा कुकुर परिचालन गरिएको छ’, उनले भने। साँझ घरनजिकैको पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला परेको श्रेष्ठले…
नेपाल नेत्र ज्योति संघले एक वर्षमा गर्यो ३३ लाखभन्दा बढीको आँखाको उपचार
स्वास्थ्यसमाचार/नेपाल नेत्र ज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । संघले ४६औँ नेत्रज्योति दिवसका अवसरमा पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । संघका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई…
पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रको निधन
स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ९ बजे उनको निधन भएको हो । पित्त थैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए । तर सर्जरी भइसकेपछि उनलाई मस्तिष्कघात भयो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता कौशल मिश्राले परिवार स्रोतलाई उल्लेख गर्दै गएराति ९ : २८ बजे निधन भएको बताइन । ‘केही समय देखि उहाँ निकै नै बिरामी हुनुहुन्थ्यो । पित्त थैलीको सर्जरी त भयो तर बीचमा थप…
क्यान्सर पीडितलाई आर्थिक सहयोग,उपचारमा सहयोगका लागि परिवारको अपिल
स्वास्थ्यसमाचार/गुल्मीको रेसुंगा नगरपालिका-१ स्थित गेस्टहाउस टोल विकास संस्थाको तर्फबाट रेसुंगा -२ धागीथुम निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । रेसुंगा नगरपालिका–२ धागीथुम निवासी क्यान्सर पीडित ४५ सावित्रा कुँवरलाई रेसुंगा नगरपालिका–१ गठन भएको गेष्ट हाउस टोल विकास संस्थाले ३४ हजार ४ सय ४० रुपैया आर्थिक सहयोग उपलब्ध गराएको । गेष्ट हाउस टोल विकास संस्थाका अध्यक्ष ओमप्रसाद श्रेष्ठ, रेसुंगा नगरपालिका–१ का वडाअध्यक्ष रामप्रसाद पन्थी, संस्थाका सचिव लोक बहादुर कुँवर, कोषाध्यक्ष मिठु बोहोरा, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व प्रशासक चनक बहादुर कुँवर, पत्रकार लगायतको रोहबरमा उक्त सहयोग रकम हस्तान्तरण आर्थिक गरिएको हो…
पाल्पामा स्वास्थ्यका सुचक सुधारमा लागेका छौ :डा. राजेन्द्र गिरी
पाल्पा जिल्लामा विगत २ बर्ष देखि स्वाथ्य कार्यालयमा कार्यरत डा. राजेन्द्र कुमार गिरी ले पाल्पा जिल्लामा कार्यरत रहंदा स्वाथ्य क्षेत्रको सुधार को लागि धेरै काम गरेका छन् । संघ र स्थानीय तहको वीचमा प्रदेश सरकारको भूमिकामा समन्वय र सहकार्यबाट अगाडी बढेका प्रमुख डा. गिरी संग गरिएको कुराकानी । स्वाथ्य कार्यालय पाल्पाले के के काम गरिरहेको छ ? स्वाथ्य कार्यालय पाल्पाको संघीयता कार्यान्वय पछि भूमिका समेत फेरिएको छ । खासगरी प्राविधिक विषय भएको कारण समन्वयात्मक कार्यालयको रुपमा हामी रहेका छन् । क्षमता अभिवृद्धि गर्ने स्वाथ्य कार्यक्रम, गुणस्तरीय सेवा अभिभवृद्धिमाा हामी लागेका…