स्वास्थ्यसमाचार/ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी छिन्।
११औं तहका आयुर्वेद चिकित्सक डा. उपाध्याय यसअघि आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशकका रूपमा कार्यरत थिए।यसअघि विभागको निमित्त महानिर्देशकको कार्यभार १०औं तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।
डा. उपाध्याय विभागमा सरुवा भएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त नै रहेको र छिट्टै नयाँ कोहीलाई जिम्मेवारी दिइने मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका एक कर्मचारीले जानकारी दिए।

प्रतिकया दिनुहोस्