भेरी अस्पतालको मेसु फेरिए : डा. नवीन आए, डा. निराजन फर्किए

स्वास्थ्यसमाचार/ भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. नविन दर्नाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते उनलाई अस्पतालको नेतृत्व सम्हाल्ने गरी जिम्मेवारी दिएको हो।

नवनियुक्त मेसु डा. दर्नालले आज प्रमुख मेसुको जिम्मेवारी सम्हाले तयारी गरेका छन्। डा. दर्नाल जनरल हेल्थ सर्भिसेस (जहेस) समूह अन्तर्गतका विशेषज्ञ हुन्। उनी गत महिना मात्रै स्वास्थ्य सेवाको ११औं तह (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) मा बढुवा भएका थिए। पदोन्नति लगत्तै मन्त्रालयले उनलाई भेरी अस्पतालको प्रशासनिक र चिकित्सकीय नेतृत्वको जिम्मेवारी सुम्पेको छ।

यसअघि भेरी अस्पतालमा प्रमुख मेसुका रूपमा कार्यरत रहेका डा. निराजन सुवेदी भने वीर अस्पतालमा काज फिर्ता भएका छन्। डा. सुवेदी करिब १९ महिनाअघि भेरी अस्पतालको नेतृत्व सम्हाल्न आएका थिए। उनको कार्यकालमा अस्पतालले विभिन्न सुधारका कार्यहरू अघि बढाएको थियो।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :