जिनोमिक डायग्नोस्टिक ल्याबोरेटरी आठौँ वर्षमा प्रवेश, गुणस्तरीय सेवामा थप प्रतिबद्धता

स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जिनोमिक डायग्नोस्टिक  ल्याबोरेटोरी प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाले आफ्नो सेवालाई अझ गुणस्तरीय, भरपर्दो र विश्वासिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

संस्थाका अध्यक्ष नारायण भण्डारीले ‘गुणस्तरीय सेवा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रयोगशालाले प्रदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले नसर्ने रोगको पहिचान तथा रोकथामका लागि विभिन्न छुटसहितका स्वास्थ्य परीक्षण प्याकेजहरू उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

नियमित परीक्षण आवश्यक पर्ने बिरामीहरूका लागि विशेष छुटसहित सदस्यता कार्डको व्यवस्था गरिएको र सेवाको गुणस्तरमै संस्था निरन्तर केन्द्रित रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार आठ वर्षको अवधिमा करिब ७  लाखभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् ।

स्थापना दिवसको अवसरमा एक हप्तासम्म निःशुल्क सुगर परीक्षण तथा अन्य परीक्षणमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अपाङ्गता प्रमाणपत्रका आधारमा निःशुल्क सेवा दिने व्यवस्था पनि गरिएको छ ।

संस्थाका सदस्य सचिव तथा व्यवस्थापकीय निर्देशक रमेश पाण्डेले जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रा.लि. ले तुलसीपुरमा शाखा स्थापना गरी हाल १२ जिल्लासम्म आफ्नो सेवा विस्तार गरिसकेको बताउनुभयो । गुणस्तरीय तथा विश्वसनीय प्रयोगशाला सेवामार्फत बिरामीहरूको विश्वास जित्दै संस्था निरन्तर अघि बढिरहेको उहाँको भनाइ थियो ।

उहाँले हाल संस्थामार्फत ३० भन्दा बढी युवाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै, आठ वर्षअघि सुरु गरिएको संस्था आज प्रदेशकै विश्वासिलो तथा लोकप्रिय प्रयोगशालाका रूपमा स्थापित हुन सफल भएको उहाँले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :