कोरोना संक्रमित बढ्दै, एकैदिन ३४१ थपिए, ३ जनाको निधन

स्वास्थ्यसमाचार/नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लाग्दै गएको छ।केही महिनायता देखि दैनिक २ सयको हाराहारीमा संख्यामा संक्रमित थपिने गरेका थिए। तर, पछिल्लो २४ घन्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार १३ हजार २३६ नमुना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा भने ३७६ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन्।

आज देशभर ५ हजार ८२४ सक्रिय संक्रमित छन्। जसमध्ये ५ हजार ५०८ होम आइसोलेसन र ३१६ संस्थागत आइसोलेसनमा छन्।पछिल्लो २४ घन्टामा तीन संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा ११ हजार ५५७ संक्रमितले ज्यान गुमाइसकेका छन्।

आज ३३ भेन्टिलेटरमा सहित १२६ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घन्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना खोप लगाएका छन्। आज देशभर ९७ जना क्वारेन्टाइनमा छन्।

सम्बन्धित शिर्षक :