स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर :लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवमा डा. राजेन्द्र खनाललाई सिफारिस

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।मन्त्री खतिवडा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।

यसैगरी, औषधीको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधी व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधी प्रयोगशाला पठाइएको छ । औषधीको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा. सन्जय ठाकुरलाई ल्याइएको छ ।

कारागार अस्पतालमा डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने त्यहाँका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ । वीर अस्पतालका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षक :